site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
तेस्रो विकेटको रूपमा आउट भए कप्तान रोहित

काठमाडौं । एसिया कप–२०२३ मा भारतविरुद्ध नेपालले कप्तान रोहितकुमार पौडेललाई तेस्रो विकेटको रूपमा गुमाएको छ ।

श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस हारेपछि ब्याटिङमा आएको नेपालले कप्तान रोहितलाई व्यक्तिगत पाँच रनमा गुमाएको हो । भारतका रविन्द्र जाडेजाले गरेको १९.६ ओभरमा कप्तान रोहित भारतीय कप्तान रोहित शर्माबाट क्याच भए ।

Dabur Nepal
NIC Asia

जारी खेलको २० ओभर समाप्त हुँदा नेपालले तीन विकेट गुमाएर ९३ रन बनाएको छ । नेपालले यसअघि पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई व्यक्तिगत ३८ र भीम सार्कीलाई सात रनमा गुमाएको थियो । हाल क्रिजमा रहेको आसिफ शेख ३८ रनमा खेलिरहेका छन् ।

एसिया कपमा यसै संस्करणबाट ‘डेब्यु’ गरेको नेपाली टिमले सन् १९८३ र २०११ को विश्वकप विजेता समेत रहेको भारतविरुद्ध पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धाका लागि उत्रिएको हो ।

आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्दै एसिया कपको ‘सुपर फोर’मा स्थान बनाउनेछ । सुपर फोरमा प्रवेशका लागि भारतमाथि आज जित्नै पर्ने दबाब छ ।

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । भारत–पाकिस्तानबीचको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro