
काठमाडौं । अभिनेता दयाहाङ राईले खुला बजारमा व्यवसाय गर्ने अधिकारबाट कसैलाई रोक्न नसकिने बताएका छन् । खुला बजारमा प्रतिस्पर्धा गर्ने अधिकार सबैलाई समान रहेको उनको भनाइ छ ।
हरेक हप्ताजसो भारतबाट हिन्दी सिनेमा आउने र त्यसको प्रभाव नेपाली सिनेमामा परिरहेको सन्दर्भमा सञ्चारकर्मीको जिज्ञासामा खुला बजारको नीतिलाई स्वीकार गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।
खुला बजारमा प्रतिस्पर्धा गर्नुको विकल्प नरहेको उनी बताउँछन् ।
“खुला बजारमा कसैले यो गर्ने र यो नगर्ने भन्ने हुँदैन । खुला बजारमा मान्छे बिक्री हुने चिजकै पछि लाग्छन् होला,” दयाहाङ भन्छन्, “मैले एक्लै बोलेर केही हुँदैन । कलाकारलाई पीडा हुँदा एउटा कलाकार मात्रै, वितरकलाई पीडा हुँदा ऊ मात्रै र सिनेमा हललाई समस्या पर्दा ऊ, प्रदर्शक मात्रै बोलेर हुँदैन । खुला बजारमा प्रतिस्पर्धा भएन भने त्यसको मजा हुँदैन ।”
नेपाली चलचित्रले शो नै पाएन भन्ने निर्माता÷निर्देशकको गुनासो हटाउन चलचित्र नै राम्रो बनाउनुको विकल्प नरहेको उनको धारणा छ ।
“हामीले राम्रो शो पाउने सिनेमा बनाउनु प¥यो । हाम्रो सिनेमाले मात्रै शो पाउने सिनेमा बनाउनु प¥यो,” दयाहाङ अगाडि थप्छन्, “हाम्रो सिनेमाले शो नपाउनुमा हाम्रै कमजोरी हुन सक्छ ।”
विदेशी सिनेमाको नेपाल रिलिजमा कोटा प्रणाली लागु गर्ने हो भने नीतिगत निर्णय गरेर अगाडि बढ्नु पर्नेमा उनको जोड छ । यसमा कलाकारले मात्रै आवाज उठाएर केही नहुने उनको तर्क छ ।
“कसैलाई काखा वा पाखा गर्नु हुँदैन भन्ने मेरो धारणा हो,” दयाहाङ भन्छन्, “स्वतस्फुर्त रूपमा बजारमा जाँदा के हुन्छ भन्ने हो ।”