site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
२७ वर्षपछि पाएको अवसर

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान राजु खड्काको भनाइमा नेपालले सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको हो । त्यसअनुसार नेपालले क्रिकेट खेल्न थालेको झन्डै २७ वर्षमात्र भयो । तर, करिब दुईहजार किलोमिटर सीमा जोडिएको छिमेकी मुलुक भारतको आधिकारिक क्रिकेट इतिहासले नै एक शताब्दी छुन लागिसक्यो । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) सन् १९२८ मा गठन भएको थियो ।

खुला सीमाका कारण यी दुई देशबीच ‘रोटी–बेटी’को सम्बन्ध छ । सामाजिक, सांस्कृतिक तथा धार्मिक सम्बन्ध अझ घनिष्ठ छ । तर, खेल सहकार्यको सम्बन्ध भने निकै धुमिल छ । कतिसम्म भने नेपाली पुरुष क्रिकेट टिमले हालसम्मको भारतको कुनै पनि स्तरको राष्ट्रिय टिमसँग दुई देशीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने अवसर पाएको छैन ।

आज नेपालले श्रीलंकाको क्यान्डीमा एसिया कप–२०२३ अन्तर्गत भारतविरुद्ध ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ । नेपालले भौगोलिक र भावनात्मकरूपमा सबैभन्दा नजिक रहेको छिमेकी मुलुक भारतसँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न २७ वर्ष कुर्नुपर्‍यो, त्यो पनि आफ्नै मिहेनतबाट । एसीसी प्रिमियर कपको विजेता बनेपछि नेपालले छिमेकी भारतसँग भिड्ने अवसर पाएको हो । 

Dabur Nepal
NIC Asia

भारतले नेपाललाई असल छिमेकी बताउँछ । तर, व्यवहारमा उसले आफूलाई ‘बडे भाइ’ ठान्ने गर्छ । नेपाललाई ‘छोटे भाइ’को हैसियतामा राख्न खोज्छ, जुन खेल क्षेत्रमा अझ बढी देखिएको जानकारहरू बताउँछन् ।

उसो त अपवादलाई छाड्ने हो भने भारतीय टिम हरेक खेलमा नेपालभन्दा अगाडि छ । हकी, फुटबल, कबड्डी यसका केही उदाहरण हुन् । क्रिकेटबारे त सबै नेपाली सर्वविदितै छन् ।

नेपाली टिमको मुख्य प्रशिक्षणको जिम्मेवारी पाए यता मोन्टी देसाई पनि नेपाली क्रिकेटको विकासका लागि भारतले खुलेर सहयोग गर्नुपर्ने र यसका लागि आफूले सक्दो पहल गरिरहेको बताउँदै आएका छन् ।

हुन त नेपालले पनि भारतसँग खेल सहकार्यका लागि कुनै पहल गरेको देखिँदैन । खेल कूटनीतिमा भारतबाट धेरै फाइदा लिन सकिने देखिए पनि नेपाली जिम्मेवार निकाय उदासीन देखिन्छन् । 

नेपाली क्रिकेट टिम आज अन्तर्राष्ट्रिय रंगशालामा यस्तै गह्रुङ्गा गुनासालाई बिंर्सिदै पहिलोपटक भारतविरुद्ध प्रतिस्पर्धाका लागि उत्रिँदै छ । 

प्रतियोगिताको समूह ‘ए’मा रहेका नेपाल र भारत दुवैको यो दोस्रो र सुपर फोरका लागि निर्णायक खेल हो । दुवै टिमलाई 'सुपर फोर'मा प्रवेशका लागि जितको आवश्यकता छ । समूहमा दुवै टिम सुपर फोरका लागि खुला छन् । यसैकारण नेपाली टिम भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै सुपर फोरमा स्थान पक्का गर्ने लक्ष्यमा हुने छ ।

पहिलोपटक एसिया कपको अनुभव बटुलिरहेको नेपाली टिम भारतविरुद्ध पहिलो खेलका कमजोरीलाई नदोहोर्‍याउने चाहँदैन ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग पाकिस्तानकै भूमिमा २३८ रनले पराजित भएको थियो । पाकिस्तानसँग पनि नेपालको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट थियो । पाकिस्तानले प्रस्तुत गरेको ३४३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २३.४ ओभरमा १०४ रनमै समेटिएको थियो ।

भारत भने समूह चरणको पहिलो खेलमा वर्षाले प्रभावित बन्यो । क्यान्डीमै शनिबार भारतले पाकिस्तानविरुद्ध २६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, पहिलो इनिङपछि लगातार वर्षा हुँदा खेलको दोस्रो इनिङ सम्भव हुन सकेन । यसैकारण दुवै टिमले एक–एक अंक पाए । त्यही एक अंकका कारण पाकिस्तानले सुपर फोरको यात्रा निश्चित गर्दा भारतलाई भने नेपालविरुद्ध जित्नैपर्ने समीकरण बनेको छ ।

समूह ‘ए’को पुछारमा रहेको नेपाली टिम अंकविहीन छ । भारत एक अंकसहित तालिकाको दोस्रो स्थानमा छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro