site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डा. राजेन्द्र विमललाई बीपी कोइराला साहित्य सम्मान पुरस्कार

काठमाडौं । बीपी कोइराला साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार जनकपुरका डा. राजेन्द्र विमललाई प्रदान गरिने भएको छ । बीपी कोइराला स्मृति ट्रस्टले प्रत्येक वर्ष बीपी जयन्तीका अवसरमा र बीपी कोइराला स्मृति प्रजातन्त्र सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको  छ । 

पुरस्कार राशि एकलाख १० हजार रुपैयाँको छ । ट्रस्टको पुरस्कार छनोट समितिका संयोजक डा. ध्रुबचन्द्र गौतमको संयोजकत्वमा ट्रस्टका सदस्यहरू रामचन्द्र पोखरेल र डा. ज्ञानु पाण्डेसमेतको सिफारिस समितिको सर्वसम्मतिबाट यो निर्णय गरिएको हो ।

त्यसरी नै ट्रस्टले प्रत्येक वर्ष प्रदान गर्ने बीपी कोइराला स्मृति प्रजातन्त्र सेनानी सम्मान रूपन्देहीका ९२ वर्षीय डिल्लीरमण शर्मालाई दिने निर्णय गरेको छ । प्रजातन्त्र स्थापनाको संर्घषमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिलाई प्रदान गरिने पुरस्कर राशि ५१ हजार रुपैयाँ छ । 

यही भदौ २२ गते शुक्रबार बीपी जयन्तीको अवसरमा काठमाडौंमा पुरस्कार प्रदान गरिने छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro