site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बाजुरामा चट्याङ लागेर दिदीको मृत्यु, बहिनी घाइते
प्रतीकारात्मक तस्बिर ।
Siddhartha BankSiddhartha Bank

बाजुरा । बाजुरामा चट्याङ लागेर दिदीको मृत्यु भएको छ भने बहिनी घाइते भएकी छिन् ।

गएराति चट्याङ लागेर बडीमालिका नगरपालिका–६, कोर्धकी १२ वर्षीया प्रतिक्षा रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । चट्याङ लागेर मृतक रावलकी बहिनी ९ वर्षीया रोजिता रावल घाइते भएकी छिन् ।

Agni Group
NIC Asia

कोर्ध गाउँको थला लेकमा दुवैजना राति सुतेको अवस्थामा चट्याङ लागेको थियो । प्रतिक्षाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए ।

चट्याङ लागेर एउटा भैँंसी, एउटा पाडो र एउटा गोरुसमेत मरेको छ । घाइते रोजिताको मार्तडीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय