site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नुवाकोटमा टिपरको टायरले च्यापिएर एकजनाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा टिपरको टायरले च्यापिएर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रसुवाको उत्तरगया गाउँपालिका–१, गोगनी घर भइ हाल बेत्रावतीमा डेरा गरी बस्ने ३७ वर्षीय कामी तामाङ रहेका छन् ।

उत्तरगया हार्वयरको डिपोमा बा ४ ख ४३४२ नम्बरको टिपरले शनिबार बालुवा लोड गर्दा ब्याग गर्ने क्रममा पछाडिको टायरले च्यापिएर गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल नुवाकोट पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

टिफर र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro