site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सूर्यको अध्ययन गर्न भारतले पठायो अन्तरिक्ष यान आदित्य–एल१
Tiktok banner adTiktok banner ad

काठमाडौं । भारतले सूर्यको अध्ययनका लागि एक मिसनको सुरुवात गरेको छ ।

चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण गरेको एक सातापछि नै भारतले आफ्नो पहिलो सूर्य मिसनको प्रक्षेपण सुरु गरेको हो ।

आदित्य–एल१ नाम दिइएको यो अन्तरिक्ष यान शनिबार (२ सेप्टेम्बर)मा श्रीहरिकोटबाट स्थानीय समयअनुसार बिहान ११ः५० बजे अन्तरिक्षतर्फ प्रस्थान गरेको हो ।

श्रीहरिकोटमा भारतको प्रमुख उपग्रह प्रक्षेपण केन्द्र छ । यो अन्तरिक्ष यानले पृथ्वीबाट १५ लाख किलोमिटरको दूरी पार गर्नेछ, जुन पृथ्वी र सूर्यको दूरीको एक प्रतिशत हो ।

भारतीय स्पेस एजेन्सीका अनुसार लेगरञ्ज प्वाइन्टमा पुग्न यो अन्तरिक्ष यानलाई चार महिना लाग्नेछ । लेगरञ्ज प्वाइन्ट त्यो ठाउँ हो, जहाँ सूर्य र पृथ्वीको गुरुत्वाकर्षण बल सन्तुलित हुनेछ ।

यहाँ एक किमिसको न्युट्रल प्वाइन्ट विकसित हुन्छ, जहाँ अन्तरिक्ष यानको इन्धनको सबैभन्दा कम खपत हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro