site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बेलिंघमको गोलमा रियाललाई तीन अंक

काठमाडौं । जुड बेलिंघमको निर्णायक गोलप्रेरित रियाल मड्रिडले स्पेनिस ला लिगामा गेटाफेविरुद्ध २–१ को पुनरागमन जित निकालेको छ ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा बोर्जा मायोरलले गोल गर्दै पाहुना टिम गेटाफेलाई अग्रताम राखेपछि रियाल दबाबमा आएको थियो । ११औँ मिनेटमा मायोरलले गरेको गोलबाट गेटाफेले पहिलो हाफसम्म १–० को अग्रता बनाएको थियो ।

तर, ४७औँ मिनेटमा जोसेलुले गोल गर्दै घरेलु टिमलाई खेलमा फर्काएपछि रियाल अझ आक्रामक बनेको थियो ।

यस्तै, इन्जुरी समयमा बेलिंघमले गरेको गोल निर्णायक गोल गरेपछि रियालले महत्वपूर्ण तीन अंक निश्चित गर्‍यो । यसै सिजन बोरुसिया डर्टमन्डबाट रियालमा आएका बेलिंघमले चार खेलमा पाँच गोल गरेका छन् ।

जारी सिजन ला लिगामा अपराजित रियाल चार खेलबाट १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

रियाल दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा पाँच अंकले अघि छ । तर, एट्लेटिको मड्रिडले रियालको भन्दा एक खेल कम खेलेको छ ।

चार खेलबाट चार अंक जोडेको गेटाफे भने तालिकाको १४औँ स्थानमा छ । जारी सिजन ला लिगामा गेटाफेको यो दोस्रो हार हो ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro