राजनीति

काठमाडौं । ‘नेपाली कांग्रेस रूपान्तरण अभियान’लाई निरन्तरता दिने निर्णय गरिएको छ । डा. शेखर कोइरालापक्षीय केही नेताले यो अभियान चलाइरहेका छन् ।
शनिबार काठमाडौंमा बसेको ती नेताको बैठकबाट अभियानलाई निरन्तरता दिने निर्णय गरिएको हो । यही भदौ २४ देखि आउँदो कात्तिक २४ गतेसम्म १६५ निर्वाचन क्षेत्रमा दुईमहिने रूपान्तरण अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।
भदौ २४ गते काभ्रे क्षेत्र नम्बर–२ बाट दुईमहिने अभियानको सुरुआत गरिने एक नेताले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८० १९:५६
प्रतिक्रिया दिनुहोस्