site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
यतीको खोजी गर, गरिबले गरिखाएको तिमीहरू देख्न सक्दैनौ : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका नाममा सरकारले राष्ट्रिय उद्योग र उद्योगपतिको गला रेट्ने काम गरिरहेको आरोप लगाएका छन् । शनिबार बुटवलमा पार्टीको लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

“अहिले भ्रष्टाचार नियन्त्रणको नाउँमा राष्ट्रिय उद्योग र राष्ट्रिय उद्योगपतिलाई, राष्ट्रिय पुँजीलाई गला थिच्ने, गला रेट्ने काम यो सरकारले गर्न खोजिरहेको छ,” उनले भने ।

Dabur Nepal
NIC Asia

सरकारले भ्रष्टारविरुद्धको अभियान भन्न नसुहाउने उनको टिप्पणी छ । “भ्रष्टाचारतिरको मेरो अभियान भन्न सुहाउँछ, भ्रष्टाचारविरुद्धको भन्ने छोड्देऊ,” ओलीले भने ।

उनले यती होल्डिङ्स, यती एयरलाइन्स भनेर कराएको भन्दै खोजी गर्न चुनौती दिए ।  गरिबले गरिखाएको सरकारले देख्न नसकेको उनको भनाइ छ ।

“यती, यती होल्डिङ्स, यती एयरलाइन्स भनेर कराउँछन् । खोजी गर न त यती एयरलाइन्सको भन्दै छु सरकारलाई । खोजी गर, राष्ट्रिय पुँजीविरोधी होऊ । एउटा गरिबले गरिखाएको तिमीहरू देख्न सक्दैनौ, तर गर न त,” ओलीको चुनौती छ ।

उनले यती होल्डिङ्स दरबारको पालादेखिकै खोजेर ल्याउनुपर्ने बताए । यतीलाई जग्गा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाको समयमा दिइएको उनले सुनाए ।

“दरबारमार्गको भवन पुष्पकमल दाहाल प्रधामनमन्त्री हुँदा लिजमा दिएको हो । सोल्टी होटेलका छेउको जमिन दिने शेरबहादुर देउवा हुन्,” ओलीले भने, “खोजी गर न त कसकसले दियो, हामीसँग नाम लिन्छन् ।”

ओलीले ‘वाइडबडी पनि खोजेर जेल जाऊ’ भन्दै आक्रोश पोखे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro