site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
Ghorahi CementGhorahi Cement

समानता र स्वतन्त्रता लोकतन्त्रका मूल मान्यता हुन् । लोकतन्त्रमा सबै नागरिक समान हुन्छन् भने अरू कसैको स्वतन्त्रतामा बाधा नपारी अभ्यास गर्न पनि तिनलाई कसैले रोक्न पाउँदैन । 

सामन्ती संस्कारमा भने मानिस कोही विशिष्ट र कोही मामुली मानिन्छ । विशिष्टका लागि राज्यका विशेष सुविधा टक्य्राउँछ भने मामुली मान्छेसँग राज्यले मानवीय व्यवहार पनि गर्दैन ।

नेपाल संविधानतः  संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । राज्यले गणतन्त्र अपनाएपछि राजतन्त्रसँगै राज्यको सामन्ती चरित्र पनि मेटिने जनअपेक्षा थियो । दुर्भाग्य, नेपाली जनताले फेरि धोका पाए । 

Dabur nepal
Agni Group

नेपालमा अहिले कथित ‘विशिष्ट’हरूको एउटा ‘गिरोह’ नै खडा भएको देखिएको छ । गिरोह यस अर्थमा ती आफूलाई अतिविशिष्ट ठान्नेहरू राज्यबाट विशेष सुविधा लिन कानुन मिच्नसमेत पटक्कै हिचकिचाउँदैनन् ।

‘विशिष्ट व्यक्ति’लाई विशेष सुविधा दिँदा राज्यको ढुकुटीमा अनुचित र अनावश्यक भार त थपिन्छ नै जनसाधारणका स्वतन्त्रता र अधिकार पनि कुण्ठित हुन्छन् । यो सामन्ती संस्कार लोकतन्त्रमा स्वीकार्य नहुनुपर्थ्यो ।

विडम्बना, सामन्तवादविरुद्ध चर्को नारा लगाउनेहरू नै नवसामन्तको अवतारमा प्रकट भए । तिनले अठारौं शताब्दीका अंग्रेज उपन्यासकार जर्ज अर्वेलको उपन्यास ‘एनिमल फर्म’का शासक सुँगुरहरूकै पदचिन्ह पछ्याएका छन् ।

विमानस्थलदेखि मन्दिर र सडकसम्म तिनका सामन्ती हर्कत दिनहुँजसो देखिन्छन् । तैपनि, तिनले सवारी नियमदेखि मानवीय मर्यादासम्म पनि मिच्दा पनि कानुन पालन गराउने राज्यका निकायले रोक्ने आँट गर्दैनन् । 

यी कथित विशिष्टमध्ये कतिपयका घरमा त राज्यका तालिमप्राप्त सुरक्षाकर्मीहरू घरेलु कामदारका रूपमा समेत खटाइन्छन् । यो मध्ययुगीन सामन्ती अभ्यास गणतन्त्र नेपालमा झन् फैलनु यथार्थमा राज्यका लागि कलङ्क नै हो ।

राज्यले यस्तो सामन्ती भोरजुवा धेरै धान्न सक्तैन । विशिष्ट व्यक्तिको ‘सवारी’ सहज बनाउन जनताको आवागमन रोकिँदा बेलाबेला प्रकट भएको आक्रोशको सन्देश अब बुझ्नु  शासकहरूका लागि बुद्धिमानी हुनेछ ।

 आवश्यक परे ऐनमै संशोधन गरेर पनि अहिलेको विशिष्ट र अतिविशिष्ट व्यक्तिको सुविधामा  र सूचीमा व्यापक कटौती गर्नु समयसापेक्ष र न्यायोचित हुनेछ । सुरक्षाकर्मीलाई घरेलु कामदार बनाउन पठाउने अभ्यास त यसै पनि बन्दै गरिनुपर्छ ।

सामन्ती संस्कारको अवशेष अपनाउन रहर गर्नेहरूलाई तह लगाउने प्रहरी र जनसाधारणको सहकार्य आवश्यक र उपयोगी हुनेछ । नागरिक अवज्ञा र प्रहरी सक्रियताले सायद समाजमा लोकतान्त्रिक संस्कारको जग बस्नेछ ।  

 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu