site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत, व्यवसायी भन्छन्–अब सहज हुन्छ

काठमाडौं । नेपाल–चीन सीमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु भएको छ ।

शुक्रबार लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेसँग औपचारिक रूपमा नाकाबाट मानिस आवतजावत सुरू भएको हो ।

विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि नेपाल–चीन बीचको सो नाका पूर्णरूपमा बन्द थियो ।

Dabur Nepal
NIC Asia

नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस्थामा थियो ।

भूकम्प सृजित कठिनाइ पन्छाएर सीमितरूपमा मात्रै सञ्चालन भएको नाका विसं २०७६ फागुनमा विश्वव्यापीरूपमा कोरोना महामारी फैलिएपछि पुनःबन्द भएको थियो ।

चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट २०८० वैशाख १८ गतेबाट दोहोरो आयात निर्यात खुलाइएको थियो । हाल यो नाकाबाट दैनिक चार, पाँच कन्टेनर फलफूल तथा अन्य सामान आयात हुने गरेको छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीका अनुसार यो नाकाबाट आयात हुने मालवस्तुमा ९० प्रतिशत फलफूल हुने गरेको छ । चिनियाँ व्यापारीले नेपालमा यो नाकाबाट फलफूल भित्र्याउने गरेका छन् ।

यो नाकाबाट मानिस आवतजावत हुँदा नेपाल घुम्न आउने चिनियाँ पर्यटक बढ्ने नेपाल चीन उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।

यसका साथै पारी आएको सामान छिटो ल्याउन सजिलो हुने उनले बताए । उताबाट आएको सामान केकस्तो आयो भनेर हेर्न नसक्ने अवस्थालाई पनि सहज हुने श्रेष्ठले बताए ।

“हाम्रो भनाइ त सामान रोक्नै हुँदैन भन्ने हो । त्यहाँ गोदाम बनाइरहेको छ । उताको सामान उतै झार्ने गरिएको छ,” उनले भने, “हाम्रो भनाइ त गाडी सिधै लार्चासम्म आउनुपर्याे र हाम्रो ट्रकमा सामान राखेर काठमाडौं वा अन्य स्थानसम्म पुग्नुपर्‍यो, जानुपर्‍यो । नाकाबाट मानिसको आवतजावत हुन थालेपछि केही व्यावसायिक सहजता पनि हुन्छ ।”

त्यस्तै, नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले तातोपानी नाकाबाट मानिस आवतजावत हुँदा स्थानीय नेपालीको रोजगारी खुल्ने बताए ।

“आठ वर्षदेखि नेपाली नाकाबाट उता जान पाएको थिएन । अब यो नाकाबाट मानिस आवतजावत हुन थालेपछि नेपाली काम गर्न जान पाउने भएका छन् । यसले सहजता भएको छ,” उनले भने, “स्थानीयहरू सामान किन्न जान पनि सहज हुन्छ । नेपाल आउने चिनियाँ पर्यटकहरू बढ्छन् ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro