site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमसीसीका नाममा देशको स्वाभिमान र स्वतन्त्रताविरुद्ध कुनै सर्तहरू मान्य हुँदैन : झलनाथ खनाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमसीसीका नाममा राष्ट्रहित विपरीतको कुनै पनि सर्तहरू मान्य नहुने बताएका छन् ।

शुक्रबार विश्व ट्रेड युनियन महासंघ, समन्वय समिति नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा खनालले खुल्लारूपमा अमेरिकाले गर्ने सहयोग लिन कुनै समस्या नहुने तर एमसीसीका नाममा देशको स्वाभिमान र स्वतन्त्रताविरुद्ध कुनै सर्तहरू मान्य नहुने बताएका हुन् ।

उनले एमसीसी सम्झौतामा दर्जनौ असमान सर्तहरू रहेको जिकीर गरे । एमसीसीको व्याख्यात्मक घोषणा दलहरूको लाज ढाक्ने ठाँउ मात्रै रहेको र यसको कुनै कानुनी हैसियत नरहेको उनको भनाइ छ ।

त्यस्तै, खनालले अमेरिकी साम्राज्यवादको विश्व रणनीतिको केन्द्रबिन्दु चीन घेर्ने भएकाले त्यसका लागि नेपाललाई आफ्नो स्वार्थ पूरा गर्ने माध्यम बनाएको तर्क गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro