site stats
बाह्रखरी :: Baahrakhari
देश
विप्रो–जीई हेल्थकेयरले नेपालमा ल्यायो ‘भीस्क्यान एयर’

काठमाडौं । विप्रो–जीई हेल्थकेयरले पोइन्ट–अफ–केयर वद्धि गर्न ‘भीस्क्यान एयर’ उपकरण सञ्चालनमा ल्याएको छ । पूरै शरीरको स्क्यानिङ गर्नसक्ने भनिएको भीस्क्यान एयर वायरलेस (ताररहित) अल्ट्रासाउन्ड प्रणाली हो ।

भीस्क्यान एयर, सानो मेसिनबाट दुर्गम ठाउँमा पनि सजिलै अल्ट्रासाउन्ड गर्न सकिने हुँदा यसले विभिन्न स्वास्थ्य समस्या समाधानका लागि मद्दत गर्ने विश्वास गरिएको छ ।

जीई हेल्थकेयरले अत्याधुनिक सिग्नलम्याक्स टेक्नोलोजीको यो उपकरणले स्पष्ट इमेज प्रदान गर्ने हुँदा चिकित्सकका लागि डायग्नोसिसमा सहज हुने बताएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसले मातृ र शिशु स्वास्थ्य सेवामा राम्रो निर्णय लिने अवसर प्रदान गरी मृत्युदर घटाउने कम्पनीको विश्वास छ ।

जीई हेल्थकेयर दक्षिण एसियाका अध्यक्ष एवं सीईओ तथा विप्रो जीई हेल्थकेयरका प्रबन्ध निर्देशक चैतन्य सरवटेले यो उपकरणले बिरामी र चिकित्सक दुवैलाई सहजता प्रदान गर्ने बताएका छन् ।

उनले भनेका छन्, “भीस्क्यान एयर उदाहरणीय र भविष्यको स्वास्थ्य सेवामा एक अग्रगामी कदम हो।”

नेपाल एनेस्थेसियोलोजी समाज (सान)का अध्यक्ष तथा मणिपाल शिक्षण अस्पताल काठमाडौंका एनेस्थेसिया विभाग प्रमुख डा। अमिरबाबु श्रेष्ठले भी स्क्यान अविश्वसनीय रूपमा सुविधाजनक र मूल्यवान उपकरण भएको बताएका छन् ।

उनले भने, “यो स्टेथोस्कोप जस्तै हाम्रो दैनिक कामको अभिन्न अंग बनिसकेको छ। यस अल्ट्रासाउन्ड यन्त्रको पोर्टेबिलिटी विशेषगरी नेपालमा लाभदायक छ, जहाँ स्क्यानका लागि बिरामीहरूलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान चुनौतीपूर्ण हुन्छ । मलाई विश्वास छ यसको विभिन्न चिकित्सा क्षेत्रहरूमा दीर्घकालीन प्रयोगको लागि ठूलो सम्भावना छ।”

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंका एसोसिएट प्रोफेसर डा. जेन्टल एस श्रेष्ठले यो महत्वपूर्ण उपकरण भएको बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १७:५६
प्रतिक्रिया दिनुहोस्