site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आईसीसी महिला ट्वान्टी–२० विश्वकप छनोट : बहराइनमाथि नेपाल १० विकेटले विजयी

काठमाडौं । आईसीसी महिला ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा नेपाली महिला टिमले बहराइनविरुद्ध १० विकेटको सहज जित निकालेको छ ।

शुक्रबार मलेसियाको सेलान्गोर टर्फ क्लबमा भएको खेलमा बहराइनले प्रस्तुत गरेको ३२ रनको सामान्य लक्ष्य नेपालले २.५ ओभरमा विकेट नगुमाई पूरा गर्‍यो ।

Dabur Nepal
NIC Asia

नेपालको सहज जितमा कविता कुवारले १४ बलमा तीन चौकासहित १७ रन जोडिन् । अर्की ओपनर सीता रानामगरले दुई बलमा तीन रन थपिन् । नेपालले बाँकी १३ रन भने बहराइनबाट अतिरिक्त पाएको थियो ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको बहराइन १५.४ ओभरमा ३१ रनमै समेटिएको थियो । बहराइनकी कप्तान दीपिका रसंगिकाले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालविरुद्ध बहराइनलका ६ ब्याटर शून्यमा पभेलियन फर्किएका थिए ।

बहराइनलाई सस्तैमा समेट्न नेपालकी इन्दु वर्माले कशिलो बलिङ गरिन् । इन्दुले चार ओभर बलिङ गर्दा दुई मेडन राख्दै पाँच रनमात्र खचिइन् । खुसी डंगोलले दुई विकेट लिँदा कविता कुँवर, पुजा महतो र कप्तान रुविना क्षेत्रीले समान एक विकेट लिए ।

छनोटमा लगातार दोस्रो जित निकालेको नेपाल चार अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा छ । नेपालले यसअघि पहिलो खेलमा घरेलु टिम मलेसियाविरुद्ध पाँच रनको जित निकालेको थियो ।

यो समूहमा नेपालसँगै भुटान, मलेसिया, कतार, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro