site stats
बाह्रखरी :: Baahrakhari
देश
एसपी र डीएसपीको सरुवाको तयारी, मापदण्ड मिचेर ‘इन्चार्ज’ बन्न डीएसपीको दौडधुप

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा गर्ने तयारी गरेको छ । लामो समय रोकिएको एसपी र डीएसपीको सरुवाको सूचना केही दिनभित्रै निकाल्ने तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मापदण्ड नै बनाएर सरुवा गर्ने गृहकार्य थालेको प्रहरी प्रधान कार्यालयले मापदण्ड उल्लंघन गर्ने प्रहरी अधिकारीको दबाबाका कारण सरुवा रोकिँदै आएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रहरी प्रधान कार्यालयले साउन २१ मा जारी गरेको मापदण्डमा प्रचलित नियमानुसार एकवर्ष बाँकी रहेका प्रहरी अधिकारीको हकमा त्यस्ता प्रहरी अधिकारीले चाहेको ठाउँमा सरुवा पठाउन सकिने तर कार्यालय प्रमुखको जिम्मेवारी दिन नसकिने उल्लेख छ । 

तर, अवकासको एक वर्ष बाँकी रहेका एसपी, डीएसपीले विभिन्न जिल्ला प्रमुख भएर जान शक्ति केन्द्रमार्फत दबाब दिँदा बढुवामा सकस परेको प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ । शक्तिकेन्द्रमार्फत दबाब दिने समूह १६ भदौ २०५१ मा प्रहरी सहायक निरीक्षक (असई)बाट सेवा सुरु गरेर डीएसपी दर्जामा पुगेका अधिकारीहरु हुन् ।

उक्त टोलीका हालसम्म दुईजना डीएसपीद्वय केशवबहादुर कार्की र टीकाबहादुर कार्की प्रहरी सेवाको ३० वर्षे सेवा हदका कारण अवकाशमा गइसकेका छन् ।

बाँकी ३१ डीएसपी आगामी ०८१ भदौमा अनिवार्य अवकाशमा जानेछन् । अवकाशको एक वर्ष मात्रै बाँकी रहेका यही टोलीका केही अधिकारी कार्यालय प्रमुख हुन तीव्र दौडमा छन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्