site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रस्तावित न्यायाधीश शर्मामाथि उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्मामाथि उजुरी दिन आह्वान गरेको छ । 

सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले न्याय परिषद्वारा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका विनोद शर्माउपर उजुरीका लागि आह्वान गर्ने निर्णय गरेको हो । 

Argakhachi Cement Island Ad

समितिका सभापति पशुपतिशमशेर जवराले संसदीय सुनुवाइको कार्यविधिअनुसार उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिए । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने उनको भनाइ छ । 

यसअघि भदौ गते बसेको न्याय परिषद्को बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । उनलाई यसअघि पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको थियो । तर, संसदीय सुनुवाइ नहुँदा सुनुवाइ प्रक्रिया रोकिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्