site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्रीको प्रतिबद्धता : सुशासनको अभियान रोकिँदैन
फाइल तस्बिर।

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको अभियान नरोक्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सरकारले सुशासन स्थापित गरेर मात्रै समृद्धिलाई तीव्रता दिने भन्दै सुशासनको अभियानबाट विश्राम नलिने स्पष्ट पारे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सुशासन स्थापित गरेपछि मात्रै मुलुकमा समृद्धिलाई तीव्रता दिन सकिने उनले बताए । भ्रष्टाचार नियन्त्रण, दण्डहीनता अन्त्य, अपराध नियन्त्रण, तस्करी र कालाबजारीलाई रोक्ने र त्यससँग सम्बन्धित अपराधीलाई कारबाही गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ । 

भ्रष्टाचार र सुशासनको अभियानलाई रोक्ने सङ्गठित रुपमा प्रयास भइरहेको भन्दै उनले सरकार विचलित नहुने जिकिर गरे ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्