site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'पहुँच र भनसुनको भरमा मन परेको ठाउँ जाने कर्मचारी एक महिनाभित्रै दरबन्दीमा जान्छन्'

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले एक महिनाभित्रै काज फिर्ताको विषय टुंगिने बताएका छन् । बिहीबार नेपालगञ्जको भेरी अस्पतालको निरीक्षण गर्ने क्रममा अस्पताल विकास समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहुँच र भनसुनको भरमा मन्त्रालय र आफूअनुकूल ठाउँमा वर्षौंदेखि काजमा बस्नेहरू अब एक महिनाभित्रै आफ्नो दरबन्दीमा जाने दाबी गरे । 

उनले कतै चाहिएको भन्दा धेरै स्वास्थ्यकर्मी हुने र कतै स्वास्थ्यकर्मीको अनुहारै नदेखिने स्थिति आएपछि काज फिर्ताको कामलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न लागिएको बताए । काज फिर्ता हुन थालेपछि चिकित्सकको अनुहार नै नदेखिएका विकटका ठाउँका जनताले चिकित्सकीय सेवा पाउन थालेको उनको भनाइ छ । 

संविधानले नै स्वास्थ्यलाई मौलिक हकका रूपमा स्थापित गरिसकेकाले पैसा र उपचार अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सवालमा मन्त्रालय स्पष्ट रहेको उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro