site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गर्ने 

काठमाडौं । एसिया कप–२०२३ को उद्घाटन खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

पाकिस्तानको मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालमा केहीबेरपछि सुरु हुने खेलका लागि भएको टस जितेर पाकिस्तानका कप्तान बाबर आजमले ब्याटिङको निर्णय गर्दै नेपाललाई फिल्डिङको निम्तो दिए । 

टस जितेपछि बाबरले नेपालविरुद्धको खेलका लागि हिजो नै टिम सार्वजनिक गर्नुमा कुनै विशेष कारण नभएको स्पष्ट पारे ।

“हामी हाम्रो टिमप्रति विश्वस्त थियौं । समर्थकले पनि हाम्रो टिमको पर्खाइ गरिरहेका थिए । त्यसकारण हामीले हिजो नै प्लेइङ–११ सार्वजनिक गरेका हौं,” बाबरले भने ।

एसिया कपमा ‘डेब्यू’ गर्न लागेको नेपाली टिमले सन् १९९२ को विश्वकप विजेतासमेत रहेको पाकिस्तानविरुद्ध पनि पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धा गर्न लागेको हो । 

एकदिवसीय वरीयताको १५औँ स्थानमा रहेको नेपालले आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक शीर्ष स्थानमा रहेको टिमविरुद्ध खेल्दै छ । आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्ने छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro