site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यक्रममा भ्रष्टाचार, नगर प्रमुखसहित आठजनाविरुद्ध मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको कार्यक्रममा अनियमितता भएको छ । 

अख्तियारले अनियमितता गरेको आरोपमा सप्तरीको बोदेबर्साइन नगरपालिकाका नगर प्रमुख आतेशकुमार सिंह र पशु विकास अधिकृत अर्जुनप्रसाद यादवसहित आठजनाविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

दायर गरिएको मुद्दामा प्रत्येकसँग १४ लाख ७१ हजार ९२१ रुपैयाँ बिगो दाबी गरिएको छ । 

अख्तियारले मुद्दा दायर गरेका अन्यमा बोदेबर्साइन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, लेखापाल सरोजकुमार मण्डल, वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष रामानन्द चौधरी, नगरपालिकाको तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगत, जगदम्बा कृषक समुहका अध्यक्ष राधेश्यामकुमार साह र कोषाध्यक्ष निलमकुमारी शर्मा रहेका छन् । 

नगरपालिकाबाट आर्थिक वर्ष २०७७÷७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि विनियोजन भएको बजेटमा अनियमितता भएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा परियोजनाअन्तर्गत बोदेबर्साइन नगरपालिका–६ मा सञ्चालन भएको भनिएको बाख्रा व्यवसायी पकेट कार्यक्रममा संचालन नै नभएको भन्ने जानकारी हुँदासमेत जगदम्बा कृषक समूहको खातामा भुक्तानी दिएको पाइएको अख्तियारले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro