site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एभरेष्ट बैंक र हिमालय दृश्यबीच छुट दिने सम्झौता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र धुलिखेलमा रहेको हिमालय दृश्य रिसोर्टबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता भएसँगै बैंकका सम्पूर्ण ग्राहकहरूले हिमालय दृश्यमा १० प्रतिशतसम्म छुट पाउने छन् ।

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता लागु भएसँगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता र कर्मचारी तथा उनीहरूका पारिवारका सदस्यहरूले समेत छुटको लाभ लिन सक्नेछन् ।

एभरेष्ट बैंकले १२७ शाखा कार्यालय, तीन एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय र १६२ एटीएम कार्डमार्फत सेवा दिँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro