site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनताको अपेक्षा माओवादीले सरकारको नेतृत्व गरिरहोस् भन्ने छ : पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले जनताको अपेक्षा आफ्नो पार्टीले सरकारको नेतृत्व गरिरहोस् भन्ने रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले जनताको सो अपेक्षामा ठेस लाग्न दिन नहुनेमा जोड दिए । पार्टीका कमजोरीलाई सच्याएर देशको राजनीति सही दिशामा लैजानुपर्ने उनले बताए ।

“जनताको अपेक्षा के छ भने, आज पनि माओवादीले नेतृत्व गरोस् । आज पनि कमरेड प्रचण्ड र प्रचण्डवरिपरिका नेताहरूले नेतृत्व गरोस् भनेर सोचेका छन्, त्यो अपेक्षा छ । त्यो अपेक्षामा अलिकति मात्रै ठेस लाग्ने ठूला प्रश्न उठेका छन् । हामी हाम्रो पार्टीका कमजोरीहरू हेर्दा द्वन्द्वात्मक भौतिकवादी कोणबाट हेर्नुपर्छ,” उनले भने, “आजको स्थिति, ऐतिहासिक पृष्ठभूमि, जनताका अपेक्षा र समकालीन एजेन्डाहरू वरिपरिबाट हेर्ने हो भने हामी सही ठाउँमा पर्छौँ, नत्र खत्तम नै भयौँ, सिद्धियौँ कि के हो भन्दा एकातिर नकारात्मक प्रवृत्ति र कुण्ठा, अराजकता देखापर्ने र अर्कोतिर अरू नै कोही छन् कि भन्दा कोही पनि नदेखिने, नेता पनि नदेखिने राजनीति पनि नदेखिने हुँदा एक खालको शून्यता हुन्छ । हामीले भनेको राजनीतिक सिस्टममा देश चल्नुपर्छ । राजनीतिक विधिमा पार्टी चल्नुपर्छ । निश्चित सामाञ्जस्यतामा समाज चल्नुपर्छ । हामी देशको अग्रगामी रूपान्तरणका पक्षपाती हौँ ।”

सत्ता गठबन्धन, समाजवादी मोर्चा र पार्टीलाई समन्वयात्मक ढंगबाट अघि बढाउनुपर्ने उनले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu