site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
तस्करीको जालो तोड्ने काम रोकिनेवाला छैन : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूविरुद्ध घेराबन्दी भइरहेको बताएका छन् । अनेकौँ कुप्रचार भए पनि दृढताका साथ अघि बढ्ने उनले उल्लेख गरे ।

मंगलबार बिहान राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा उनले भ्रष्टाचारविरुद्धको अभियान थप तीव्र बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे । विभिन्न प्रकरणलाई निष्कर्षमा पुर्‍याइने उनको भनाइ छ ।

“नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको छ । यो यहीँ रोकिनेवाला छैन । भ्रष्टाचारविरुद्धको अभियान थप तीव्र भएर जान्छ,” उनले भने, “हामीविरुद्ध घेराबन्दी छ, अनेकौँ कुप्रचार छ । तर, हामी दृढताका साथ नै अघि बढ्छौँ ।”

Dabur Nepal
NIC Asia

माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्र देश परिवर्तनको आधार तयार पार्न सकिने उनले उल्लेख गरे । माओवादीको रूपान्तरण अनिवार्य भएकामा उनले जोड दिए ।

“देश रूपान्तरणको नयाँ संकल्पसहित एउटा अभियानको सुरुआत गरिएको छ । यसलाई हामी थप तीव्रता दिएर अघि बढ्छौँ । त्यसका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य छ,” उनले भने, “जनतासँग माओवादी अभियानले त्यो रूपान्तरणको सुरुआत गर्नेछ ।”

परम्परागत विकासको मोडेलले समृद्धिको नेतृत्व गर्न नसक्ने उनले बताए । नयाँ अर्थनीति र योजनाका साथ अगाडि बढ्ने उनले सुनाए ।

“परम्परागत विकासको मोडेलले समृद्धिको नेतृत्व गर्न सक्दैन । यसमा गुणात्मक रूपान्तरण जरुरी छ,” प्रधानमन्त्री प्रचण्डले भने, “असफल भएको विकास मोडललाई हामीले सधैँ बोकेर हिँड्न सक्दैनौँ । अर्को बजेटसम्म आउँदा हामी नयाँ अर्थनीति र योजनाका साथ अगाडि जान्छौँ ।”

नेपालको हितका निम्ति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइएको र त्यसको नतिजा क्रमशः आउने उनले बताए ।

“कूटनीतिमा वर्तमान सरकारले जुन सफलता हासिल गरेको छ, यसबाट कतिपयमा छटपटी सुरु भएको छ,” उनले भने, “१० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारको सम्झौता सानो कुरा होइन । यी कामलाई तपाईंहरूले जनताको बीचमा लैजानुस् ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro