site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेसप्रति न्याय गर्न उद्योग समिति सभापतिबाट पछि हट्यौँ : पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले मधेसप्रति न्याय गर्नका लागि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिको उमेदवारीबाट आफू पछि हटेको बताएका छन् ।

समितिको सभापतिका लागि दिएको उमेदवारी सोमबार फिर्ता लिई जनमत पार्टीका सांसद अब्दुल खानलाई समर्थन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो प्रतिस्पर्धा जनमतसँग नभइ सत्ता गठबन्धनका दलहरूसँग भएको बताए ।

Dabur Nepal
NIC Asia

उनले प्रतिपक्ष दलले लेखा समितिको जिम्मेवारी लिएर सरकारलाई खबरदारी गर्नुपर्नेमा अरू समितिको नेतृत्व पनि लिएर राजनीतिक भागबन्डामा लागेको लगाए ।

“रास्वपाले आफ्नो उमेदवारी फिर्ता लियो र जनमतका अब्दुल खानलाई समर्थन गरेको छ । उहाँका पार्टीका सभापतिले खेल्नुभएको शालीनताका कारण हो । हाम्रो प्रतिस्पर्धा जनमतसँग थिएन, उहाँको उमेदवारसँग हुँदै होइन । सत्तापक्ष र गठबन्धनले खेलेका भूमिकाप्रति थियो,” उनले भने, “प्रतिपक्षले लेखा समितिको जिम्मेवारी लिएर दरो रूपमा सरकारलाई खबरदारी गर्नुपर्ने, अरू राजनीतिक दलले सदनमा उपस्थितिको आधारमा समितिको नेतृत्व गर्न पाउनुपर्ने स्वाभाविक प्रक्रिया हो । तर, राजनीतिक भागबन्डाका आधारमा समितिका जिम्मेवारी बाँडफाँट गर्नुभयो । यो दूषित कुरा हो । मधेसीप्रति न्याय गरेका हौँ ।”

सांसद पराजुलीले राजनीतिक भागबन्डाका आधारमा समितिका जिम्मेवारी बाँडफाँट गरिएको भन्दै असन्तुष्टि जनाए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro