site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्सेमा सूचीकृत होटेलको व्यापारमा रौनक, सिटीबाहेकको नाफा दोब्बरले बढ्यो

काठमाडौं । नेपालमा आर्थिक वर्ष (आव) २०७८/०७९ को तुलनामा गएको आवमा होटेलको व्यापारमा रौनक देखिएको छ । विश्वभर फैलिएको कोरोना महामारीको कारण पर्यटन क्षेत्र ठप्प हुँदा होटेलहरू घाटामा गएका थिए । तर, विस्तारै पर्यटन क्षेत्र चलायमान हुन थालेसँगै होटेलको व्यापार बढेको हो । जसले गर्दा होटेलहरूले नाफा बढाउन थालेका छन् ।

नेपाल स्टक एन्सचेन्ज (नेप्से)मा चार पाँचतारे होटेल सूचीकृत छन् । ओरियन्टल होटेल्स लिमिटेड (र्‍याडिसन), तारागाउँ रिजेन्सी होटेल्स (हायात), सोल्टी होटेल्स लिमिटेड र सिटी होटेल नेप्सेमा सूचीकृत छन् । ती होटेलले प्रकाशित गरेको वित्तीय विवरणमा व्यापार बढेको देखिएको छ ।

एनजीओ, आईएनजीओका सभा, सेमिनार, पार्टी, भोजभतेर बढेकाले होटेलहरूको व्यापारमा सुधार भएको होटेल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहले बताए ।

Dabur Nepal
NIC Asia

“पछिल्लो समय सभा, सेमिनार, भोजभतेर, पार्टी अत्यधिकरूपले बढेको छ । त्यो जम्मै बिजनेस उहाँहरूकहाँ छ । त्यसकारण उहाँहरूको व्यापार राम्रो भएको हो,” शाहले बाह्रखरीसँग भने, “रुमबाट भन्दा पनि ब्वेङ्क्वेटको कारणले व्यापार बढेको हो ।”

कुन होटेलको व्यापार कति ?

र्‍याडिसन होटेलको वित्तीय विवरणअनुसार गत आव २०७९/०८० मा एक अर्ब नौ करोड ४० लाख ५३ करोड ७९२ रुपैयाँ बराबरको व्यापार गरेको छ । उक्त होटेलले अघिल्लो आव २०७८/०७९ मा ५७ करोड दुई लाख ४२ हजार २०३ रुपैयाँको व्यापार गरेको थियो ।

हायात होटेलले गत (आव) मा एक अर्ब ५७ करोड दुई लाख ७४ हजार ५४५ रुपैयाँको व्यापार गरेको छ । अघिल्लो आवमा ८४ करोड ८८ लाख ७१ हजार ६७८ रुपैयाँमा व्यापार गरेको थियो ।

यस्तै, सोल्टी होटेलले गत आवमा दुई अर्ब २४ करोड ९१ लाख ८८ हजार ५१३ रुपैयाँको व्यापार गरेको छ । अघिल्लो आवमा एक अर्ब ३६ करोड ९१ लाख २४ हजार ३९ रुपैयाँको व्यापार गरेको थियो ।

नेप्सेमा सूचीकृत अर्काे सिटी होटेलको व्यापार घाटा पनि सुधार भएको छ । सिटी होटेलले गत आवमा ४७ करोड ३१ लाख ५१ हजार १५५ रुपैयाँको व्यापार गरेको छ । अघिल्लो आवमा १८ करोड ९१ लाख ६४ हजार ५४१ रुपैयाँको व्यापार गरेको थियो । 

यस होटेलको व्यापार घाटा अघिल्लो आवको तुलनामा गत आवमा २८ करोड ३९ लाख ८६ हजार ६१४ रुपैयाँले सुधार भएको हो ।

HOTEL PHOTO1693136496.PNG

कुन होटेलको नाफा कति ?

र्‍याडिसन होटेलले गत आव २०७९/०८० मा १७ करोड ८४ लाख ३० हजार ४५४ रुपैयाँ नाफा गरेको छ । यो होटेल अघिल्लो आव २०७८/०७९ मा दुइ करोड ४६ लाख एक हजार ९९१ रुपैयाँमा घाटामा थियो ।

हायात होटेलको नाफा पनि करिब दोब्बरले बढेको छ । उसले गत आवमा ३८ करोड २६ लाख ४० लाख १०६ रुपैयाँ नाफा गरेको छ । अघिल्लो आवमा १९ करोड पाँच लाख ५७ हजार ४२२ रुपैयाँ नाफा गरेको थियो ।

यस्तै, सोल्टी होटेलले गत आवमा ५४ करोड ५१ लाख ५४ हजार ९६१ रुपैयाँ नाफा गरेको छ । अघिल्लो आवमा २९ करोड ७१ लाख ४३ हजार १९५ रुपयाँ नाफा गरेको थियो ।

सिटी होटेलको घाटा भने अघिल्लो वर्षको भन्दा बढेको छ । गत वर्षमा २७ करोड ३६ लाख ३६ हजार ३६४ रुपैयाँ घाटा रहेको छ । अघिलो आवमा चार करोड ४६  लाख ८२ हजार ९७६ रुपैयाँ घाटामा थियो । 

यस होटेलको अघिल्लो आवको तुलनामा गत आवमा २२ करोड ८९ लाख ५३ हजार ३८८ रुपैयाँ बढी घाटा भएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro