site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
समाजवादीसामु दलाल पुँजीवादी शक्ति मुख्य खतरा : माधव नेपाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादी शक्तिसामु दलाल पुँजीवादी मुख्य खतराका रूपमा देखा परेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

देशको अर्थतन्त्रको विकासमा अनेकौँ बाधा खडा भएको उनले उल्लेख गरे । देशमा सुशासनको प्रत्याभूति गर्ने विषयमा पनि अनेक व्यवधान भइरहेको उनले बताए । प्रतिकूल र अवरोधमूलक काम गर्नेहरूसँग जुध्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

“संविधानमा लेखिएका कुराहरू व्यवहारमा लागु गर्न बाँकी नै छ । यी सबै परिवेशमा विस्तृत डिस्कोर्सको आवश्यकता छ । विस्तृत छलफल, बहसको आवश्यकता छ । अहिले समाजवादी शक्तिहरूका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतराको रूपमा देखा परेको छ । यही दलाल नोकरसाही पुँजीवाद भन्नुहोस्, वित्तीय पुँजीवाद भन्नुहोस्, यसले सर्वहारा श्रमजीवी जनता, आम नेपाली जनतालाई शोषण, उत्पीडनको मारमा पारेका छन्,” उनले भने, “देशको अर्थतन्त्रको विकासमा अनेकौँ बाधा–व्यवधान खडा गरेका छन् । देशमा सुशासनको प्रत्याभूति गर्ने कुराहरूमा अनेक अवरोधहरू खडा गरेका छन् । ती सबै प्रतिकूल काम गर्ने, अवरोधमूलक काम गर्ने ती प्रवृत्तिहरूका विरुद्धमा हामीले जुध्नुपर्ने आवश्यकता छ ।”

अध्यक्ष नेपालले नेता–कार्यकर्ता घुलमिल हुनुपर्ने आवश्यकता रहेको औँल्याए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro