site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा कौडा खेलिरहेका १३ जना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंमा कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । शनिबार साँझ प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

टोखा नगरपालिका–१, झोरस्थित एक टहरामा कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

पक्राउ पर्नेमा काठमाडौंकै नागार्जुन नगरपालिका–१ का ४४ वर्षीय रोशन ठकुरीसहित १३ जना छन् । प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले उनीहरूलाई १६ थान कौडा र नगद तीन लाख २६ हजार रुपैयाँसहित पक्राउ गरेको जनाइएको छ ।

यस्तै, जुवातास खेलिरहेको अवस्थामा चारजना पक्राउ परेका छन् । बूढानीलकण्ठ नगरपालिका–११, कपनमा डेरा गरी बस्दै आएका संखुवासभाको मकालु गाउँपालिका–१ का ५२ वर्षीय पासाङ शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । शेर्पासहित चारजनालाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले उनीहरूलाई नगद एक लाख १३ हजार ५०० रुपैयाँ, एक लाख भारतीय रुपैयाँ, एक हजार १०० अमेरिकी डलर र तीन बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro