site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
इन्जिनियरिङ संस्थानले रोक्यो प्रवेश परीक्षा
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले बीई÷बीआर्कको प्रवेश परीक्षा स्थगित गरेको छ ।

आईओईले एक सूचना जारी गर्दै शुल्कका बारेमा सरोकारवालाहरुबाट चासो तथा विरोध भएपछि अर्को सूचना प्रकाशित नहुन्जेलसम्मको लागि प्रवेश परीक्षा स्थगित गरेको जनाएको छ ।

साथै, आन्दोलनरत पक्षलाई छलफल र वार्तामा आउन पनि आइओइले अपिल गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, स्नातक तहको शुल्क वृद्धिको निर्णयविरुद्ध विद्यार्थीले बालुवाटारमा प्रदर्शन गरेका छन् । शुल्क वृद्धिको निर्णय तत्काल फिर्ता गर्नुपर्ने, सबै विश्वविद्यालयको इन्जिनियरिङ शिक्षामा एकरुपता हुनुपर्नेलगायतका माग राख्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको हो ।

Global Ime bank

शुल्क वृद्धिको विषयमा प्रधानमन्त्रीको ध्यानकर्षण नभए कडा आन्दोलनमा उत्रने नेविसंघले चेतावनी दिएको छ । नयाँ भर्नाको मुखमा शुल्क वृद्धि गरिएको भन्दै चौतर्फी विरोध भएपछि आईओईले बीई÷बी आर्कको प्रवेश परीक्षा स्थगित गरेको छ ।

आईओईले भदौ ४ गने सूचना प्रकाशित गर्दै शुल्क वृद्धिको जानकारी गराएको थियो । बढेको शुल्कअनुसार अब सुरु हुने शैक्षिक सत्रदेखि इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीले चारवर्षे स्नातकका लागि पूर्णशुल्क सात लाख ७७ हजार ४२० रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो शुल्क यसअघि तीन लाख १८ हजार रुपैयाँ थियो ।

इन्जिनियरिङ अध्ययनका लागि बर्सेनि ठूलो संख्यामा विद्यार्थी विदेश गइरहेको अवस्थामा स्वदेशमा रहेका क्याम्पसहरूमा चर्को शुल्क वृद्धि गरिनु उचित नहुने नेविसंघको ठहर छ ।

नेविसंघ पुल्चोक इन्जिनियरिङ क्याम्पसका इकाइ अध्यक्ष सुलभ चापागाईँ भदौ ५ गतेदेखि आमरण अनसनमा छन् । प्रमुख दलनिकट विद्यार्थी संगठनहरुले शिक्षामन्त्रीको ध्यानाकर्षणलगायतका विभिन्न कार्यक्रम गर्दै आन्दोलनमा ऐक्यवद्धता जनाइरहेका छन् ।

आईओईले भने सरकारको तर्फबाट आउने विकास बजेट निरन्तर कटौती भएको, शिक्षक कर्मचारीको तलव वृद्धि, बजारमा देखिएको मूल्यवृद्धि तथा मुद्रास्फीति इत्यादीका कारण शुल्क वृद्धि गर्नुपरेको जनाएको छ ।

तत्कालका लागि आगामी ब्याचमा बढेको शुल्क लागु हुन नदिने र क्रमशः समस्या समाधानका लागि त्रिवि र मन्त्रालयको तहसम्म बसेर छलफल गर्ने आन्दोलनरत विद्यार्थीले बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय