site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
राष्ट्रपतिको स्वकीय सचिवालको दबाबमा पुरस्कृतको नाम पाँच दिन अगाडि नै सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वकीय सचिवालको अडानका कारण चलचित्र विकास बोर्डले सम्मानित हुने चलचित्रकर्मीको नामावली सार्वजनिक गरेको छ ।

बोर्ड पदाधिकारीहरूले नामावली सार्वजनिक नगरी समारोहमा नै घोषणा गर्ने बताए पनि राष्ट्रपतिको सचिवालयले नमानेको स्रोतले बताएको छ । बोर्डको इतिहासमै पहिलोपटक सम्मान समारोहभन्दा पहिला नै पुरस्कृत हुनेको नाम सार्वजनिक गरिएको छ । 

राष्ट्रपतिको स्वकीय सचिवालयले लोकतन्त्रमा पारदर्शिता र जवाफदेहिता अनिवार्य शर्त भएको भन्दै प्रक्रिया नपुर्‍याईएका नामावलीमा सम्मान गर्न नसकिने अडान लिएपछि बोर्ड पहिलोपटक नामावली सार्वजनिक गर्न बाध्य भएको बोर्डका एक सदस्यले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

कसले पाउने भयो चलचित्र दीर्घ साधना र विशेष योगदान सम्मान ? (सूचीसहित)

“लोकतन्त्रमा जनतासामु सार्वजनिक नगरिएका नामलाई सम्मान गर्नु अथवा पुरस्कृत गर्नु कुनै दृष्टिकोणले उपयुक्त हुन्न,” स्वकीय सचिवालयका एक सदस्यको भनाइ उदृत गर्दै ती सदस्यले भने, “जनताबीच सार्वजनिक गर्ने व्यवस्थाले सरकारी निकायलाई जिम्मेवार र जवाफदेही बनाउने हो ।”

Global Ime bank

यसअघि बोर्डले नामावली कार्यक्रमकै क्रममा मञ्चमै घोषणा गर्दै आएको थियो । समारोहमै घोषणा गरिएका नाममध्ये कतिपयको योगदान, चरित्र र आचरणमा गम्भीर प्रश्न उठ्ने गरेको थियो । 

चलचित्र विकास बोर्डले ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधनासम्मान २०८०’ समारोहमा चलचित्र क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै प्रदान गरिने ‘विशेष योगदान सम्मान’बाट सम्मानित हुने ३५ जना चलचित्रकर्मीको नामावली सार्वजनिक गरेको छ । यसैगरी बोर्डले चलचीत्र दीर्घ साधना सम्मान पाउने दुईजना चलचीत्रकर्मीको पनि नाम सार्वजनिक गरेको छ । 

शुक्रबार बसेको बोर्ड बैठकको निर्णयपछि वेबसाइटमार्फत् नाम सार्वजनिक गरिएको हो । यही भदौ १२ गते (मंगलबार) राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने कार्यक्रममा उक्त पुरस्कार तथा सम्मान प्रदान गरिनेछ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय