site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम
फाइल तस्बिर

काठमाडौं । वर्षाका कारण केही नदीमा जलसतह बढेको छ । सप्तकोसी नदी र यसका सहायक नदीहरू तमोर, अरुण, सुनकोसी नदीको जलसतह सतर्कता तह आसपास रहेको छ । 

आज यी नदीहरूको जलसतह केही घट्ने तर सतर्कता तह आसपासमै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर  आसपास भएर बहने नदीमा आज बाढीको जोखिम रहेको छ । 

मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रसुवा, नुवाकोट, गोरखा र आसपास भएर बहने नदी तथा खोलामा पनि बहाव बढ्नसक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro