राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय नेताहरूलाई निर्वाचन क्षेत्र र पालिकाहरूमा खटाउने भएको छ ।
तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानमा नेताहरूलाई खटाउन लागिएको हो । नेताहरूले आफ्नो जिम्मेवारी भित्रको भूमिकामा रहेर संगठन विस्तारका कार्यक्रमहरू सञ्चालन गर्नेछन् ।
साथै नयाँ विधानका सम्बन्धमा प्रशिक्षण कार्यक्रम चलाई विधानबारे कार्यकर्ताहरूलाई प्रशिक्षित गरिने छ । यस अवधिमा संगठनको अभिलेख संकलन र सदस्यता वितरण कार्यसमेत हुने छन् ।
सोही बमोजिम पार्टीले आउँदो शनिबारदेखि नै प्रदेश तथा स्थानीय तहहरूमा प्रशिक्षण कार्यक्रम गर्दै छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८० १६:५०
प्रतिक्रिया दिनुहोस्