कला

काठमाडौं । राधिका अधिकारीको शब्दरचना रहेको गीत सार्वजनिक भएको छ । ‘माइती देशको घाउ’ बोलको गीतमा काव्या आचार्य र मीना नेपालीको स्वर छ । दीपक शर्माको संगीत र राजेन्द्र बज्रगाईंको संगीत संयोजन रहेको छ ।
देश छोडेर परदेशिएका दुई युवतीले माइती गाउँलाई सम्झिएको परिवेश गीतमा चित्रण गरिएको छ ।
गीतको भिडियो पवन रानाभटले निर्देशन गरेका छन् । म्युजिक भिडियाेमा गायिकाद्वय काव्या र मीनालाई देख्न सकिन्छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८० ०७:१२
प्रतिक्रिया दिनुहोस्