site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
इस्लिङ्टन कलेजमा ‘फ्युचरामा २०२३’ सम्पन्न

काठमाडौं । काठमाडौंको इस्लिङ्टन कलेजले आईएनजी स्किल एकेडेमीसँगको सहकार्यमा तीनदिने प्रविधि कार्यक्रम ‘फ्युचरामा २०२३’ सम्पन्न गरेको छ ।

इन्टरनेट प्रविधिको विकासतर्फ नयाँ पुस्तालाई सशक्तिकरण गर्ने र प्रेरणा थप्ने उद्देश्यले कलेजले बिहीबारदेखि कार्यक्रम मनाएको हो ।

‘फ्युचरामा २०२३’ प्रदर्शनीमा आईएनजी समूहअन्तर्गतका इस्लिङ् टन, इटहरी इन्टरनेसनल लगायत कलेजमा अध्ययनरत बिद्यार्थीले विभिन्न किसिमका इन्टरनेट अफ थिंग्स (आईओटी) प्रदर्शनीमा राखेका थिए ।

कार्यक्रममा एआई र रोबोटिक्स, वाकिङ पियानो, ड्रोन र गोकार्ट जस्ता बुथ रहेका थिए ।

यस्तै ३०औँ शताब्दीमा विकसित हुनसक्ने रेसिङ कार, लाइ फलोइङ रोबोट, एनिमेसन र अन्य प्रविधिजन्य कुराहरु पनि अवलोकनका लागि राखिएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  २१:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro