site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वमा नेपालको इन्टरनेट स्पिड ८२औँ स्थानमा, भारत अझै पछाडि
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकी इन्टरनेट कम्पनी ओक्लाले सार्वजनिक गरेको इन्टरनेट स्पिड सूचकांकमा नेपाल ८२औँ स्थानमा रहेको छ । १८२ देश तथा क्षेत्रको ब्रोडब्यान्ड इन्टरनेट स्पिडको सूचीमा ओक्लाको स्पिडटेस्टले नेपाललाई ८२औँ स्थानमा राखेको हो ।

ओक्लाका अनुसार नेपालको ब्रोडब्यान्ड इन्टरनेको डाउनलोड स्पिड ५५.५७ एमबीपीएस र अपलोड स्पिड ५०.०३ एमबीपीएस रहेको छ । इन्टरनेट लेटेन्सी (ढिलो चल्ने वा सुस्तता) भने ५ मिलिसेकेन्ड छ ।

ब्रोडब्यान्ड इन्टरनेको सूचीमा पहिलो नम्बरमा सिंगापुर रहेको छ । जसकाे इन्टरनेटको डाउनलोड स्पिड २४७.४४ एमबीपीएस रहेको छ भने अपलोड स्पिड २०५.७३ एमबीपीएस रहेको छ । चीन सातौँ स्थानमा छ । भारत नेपालभन्दा पछाडि ८५औँ स्थानमा छ ।

ookla-internet-speed (1)1692713154.JPG

मोबाइल इन्टरनेट निकै कमजाेर

मोबाइल इन्टरनेटको हकमा भने १४३ देश तथा क्षेत्रमध्ये नेपाल १२७औँ स्थानमा रहेको छ । नेपालको मोबाइल इन्टरनेटको डाउनलोड स्पिड १३.९६ एमबीपीएस र अपलोड स्पिड ९.४८ एमबीपीएस रहेको छ । लेटेन्सी २२ सेकेन्ड रहेको छ ।

मोबाइल इन्टरनेट स्पिडमा चीन १२औँ स्थानमा र भारत ५३औँ स्थानमा रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro