site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रशिक्षक मोन्टी देसाई भन्छन्– सन्दीप निक्कै अनौठो परिस्थितिमा छन्
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले सन्दीप लामिछाने अनौठो परिस्थितिमा रहेको बताएका छन् ।

पाकिस्तान र श्रीलंकामा आयोजना हुने प्रतियोगिताका लागि बिदाइ कार्यक्रममा प्रशिक्षक देसाईले सन्दीप हाल निकै अनौठो परिस्थितिमा रहे पनि उनी मैदानमा च्याम्पियन क्रिकेटर भएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“दक्षिण अफ्रिकामा भएको तयारी क्याम्पमा पनि सन्दीप प्रशिक्षणमा ढिलो पुगेका थिए । तर, उनी विश्वकप छनोटका लागि गए । उनी अहिले निकै अनौठो परिस्थितिमा छन्,” देसाईले भने, “त्यसलाई हामी बुझ्न सक्छौँ । तर, पनि उनी मैदानमा च्याम्पियन क्रिकेटर हुन् । अहिले के भइरहेको छ भन्ने कुरालाई केही स्थान दिन आवश्यक छ । तर, अहिलेको अवस्थामा खेल्ने, नखेल्नेबारे दोधारे परिस्थिति छ ।”

प्रतियोगिताका लागि नेपाली टिम मंगलबार राति १ बजे पाकिस्तान उड्ने तालिका रहे पनि सन्दीप टिमसँग छैनन् । सन्दीपमाथि गत भदौमा एक नाबालिग किशोरीमाथि पटक–पटक बलात्कार गरेको मुद्दा अदालतमा विचाराधीन छ ।

Global Ime bank

नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा काठमाडौंले लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो । तर, पछि उच्च अदालत पाटनले २० लाख रुपैयाँमा धरौटीमा छाड्न आदेश दिएको थियो भने सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement