site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कप्तान रोहित भन्छन्– भारत र पाकिस्तानसँग खेल्दा संसारले हेरिरहेको हुन्छ, आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछौँ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्दा विश्वले हेर्ने भएकाले उत्कृष्ट प्रदर्शनको प्रयास गर्ने बताएका छन् ।

पाकिस्तान र श्रीलंकामा आयोजना हुने प्रतियोगिताका लागि बिदाइ कार्यक्रममा बोल्दै रोहितले पहिला भारतसँग खेल्ने सोच नभए पनि पाएको अवसरमा उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

Dabur Nepal
NIC Asia

“पहिला भारतसँग खेल्ने भन्ने सोच नै हुँदैनथ्यो । अब अहिले अवसर पाएका छौँ । त्यो अवसरलाई सम्मान गरेर भारत र पाकिस्तानविरुद्ध बेस्ट दिने प्रयास गछौँ । भारत र पाकिस्तानसँग खेल्दा संसारले हेरिरहेको हुन्छ, आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछौँ,” रोहितले भने ।

उनले नेपाली टिमले पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेकाले टिमका सबै उत्साहित रहेको बताए ।

“पहिलो पटक एसिया कप खेल्दैछौँ । सबैजना उत्साहित छौँ । प्रतियोगितामा हामी भारत र पाकिस्तानसँग एकै समूहमा छौँ । पहिलो पटक उनीहरूसँग खेल्दैछौँ, त्यसकारण सबैजना उत्साहित छौँ । तयारी पनि राम्रो छ । समग्रमा सबै ठिक छ,” रोहितले थपे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro