site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव नेपालको प्रतिवेदनमा चीनको प्रशंसै प्रशंसा, अमेरिकाको आलोचना
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले चीनको प्रशंसा र अमेरिकाको आलोचना गरेका छन् ।

मंगलबारदेखि राजधानीमा सुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको छैटौं बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उनले चीनको प्रशंसै प्रशंसा र अमेरिकाको आलोचना मात्र गरेका हुन् ।

साम्राज्यवादकै कारणले आजको अन्तर्राष्ट्रिय परिस्थिति तनावपूर्ण बनेको र शीत युद्धको समाप्तीपछि एकछत्र ठानिएको विश्व पुँजीवादी साम्राज्यवादले आफ्नै आन्तरिक आर्थिक सङ्कटहरूलाई व्यवस्थापन गर्न नसेको ठहर अध्यक्ष नेपालको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“अर्कोतिर आर्थिक, प्राविधिक तथा वैज्ञानिक क्षेत्रमा समाजवादी चीनले गरेको योजनाबद्ध विकास र अन्तर्राष्ट्रिय सहयोगले विश्वका कैयौँ मुलुकहरूका लागि नयाँ सम्भावनाका ढोका खुल्दै गएका छन्,” उनले राजनीतिक प्रतिवेदनमा चीनको प्रशंसा गरेका छन् ।

चीनको उदयले पश्चिमी मुलुकहरूको प्रभुत्वमा आधारित विश्व व्यवस्था हल्लिन थालेको तर्क उनले प्रस्तुत गरेका छन् । अहिले साम्राज्यवाद हडबडाएको उनको विश्वास छ ।

Global Ime bank

“चीनको उदयलाई रोक्न त्यसले इन्डो–प्यासिफिक रणनीति (आईपीएस) बनाएको छ, क्वाड जस्ता गठबन्धन बनाएको छ, एमसीसीजस्ता संयन्त्रहरूलाई समेत पुनः परिभाषित गर्दै छ । ताइवानमा तनाव बढाउँदै छ, भारतलगायत यस क्षेत्रका अन्य देशहरूलाई नजिक्याउँदै छ । र, जसरी हुन्छ चीनको उदयलाई रोक्ने प्रयास गर्दै छ,” अध्यक्ष नेपालले अमेरिकाको आलोचना गरेका छन् ।

हालै अमेरिकाको क्याम्प डेविडमा अमेरिका, जापान र दक्षिण कोरियाबीच त्रिपक्षीय रणनीतिक साझेदारीको घोषणा गरिएको स्मरण पनि प्रतिवेदनमा गरिएको छ । यसले गर्दा एसिया विश्वव्यापी तनावको मुख्य क्षेत्र बन्दै गएको ठहर उनको छ ।

“सोभियत सङ्घको विघटनपछि पश्चिमी मुलुकहरूले रुसलाई अपमानित गर्दै र घेर्दै युक्रेनविरुद्ध युद्धमा धकेलेका छन् । नाटोका सदस्य राष्ट्रको संख्या र प्रभाव विस्तार गर्दै सामरिक क्षमता बढाउने ध्याउन्नमा उनीहरूले युक्रेनलाई मोहोरा बनाएर युद्धमा धकेले । युक्रेनको सार्वभौमसत्ताको बहानामा अत्याधुनिक सस्त्रास्त्र युक्रेन पठाएर युद्धलाई अझ लम्ब्याउने प्रयास गरिरहेका छन् । यसबाट युरोपमा मात्रै होइन, विश्वभरि नै युद्धजनित प्रभाव पर्दै गएको छ,” अध्यक्ष नेपालले प्रतिवेदनमा भनेका छन् ।

साम्राज्यवादी तथा पुँजीवादी शक्ति राष्ट्रको हस्तक्षेपकारी कार्यका बावजुद चीनले समाजवाद निर्माणको कार्यदिशालाई अनवरत रूपमा अगाडि बढाइरहेको उनले बताएका छन् ।

राष्ट्रपति सी चिनपिङको नेतृत्वमा चीनले अर्थव्यवस्थालाई अझ बढी उत्पादक तथा जनमुखी बनाउन प्रयन्त गरिरहेको विश्वास उनले व्यक्त गरेका छन् । “विकासशील राष्ट्रहरूसँग बहुपक्षीय र दुईपक्षीय सहयोग अभिवृद्धि गर्दै चीनले विश्व शक्ति सन्तुलनमा नयाँ गति दिन प्रयत्न गरिरहेको छ,” प्रतिवेदनमा उल्लेख छ ।

चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई), एसियन इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी), साङ्घाई फोरम, ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) र ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ (जीसीआई) जस्ता अन्तर्राष्ट्रिय आर्थिक सहयोग र समझदारीको कार्यक्रमलाई हाम्रो जस्तो मुलुकले आफ्नो जटिल र संवेदनशील भूराजनीतिक अवस्थाको हेक्का राख्दै अधिकतम रूपमा परिचालन गर्ने नीति अबलम्वन गर्नुपर्ने उनले जनाएका छन् ।

आजको विश्व साम्राज्यवादको एकलौटी प्रभावबाट विस्तारै बाहिर जाँदै गरेको बताउँदै उनले मानव जातिको भविष्यमा आधारित नयाँ विश्वव्यवस्थाको सम्भावना बढ्दै गएको जनाएका छन् ।

चीन एउटा विश्व शक्ति भइसकेको र केही वर्षमा संसारकै ठूलो आर्थिक शक्ति बन्ने उनले बताएका छन् । भारत पनि आर्थिक विकासको दर, प्राकृतिक स्रोतको प्रचुरता, सस्तो श्रम आदि कारणले गर्दा भविष्यको एउटा मुख्य आर्थिक शक्ति बन्ने उनले जनाएका छन् ।

“यी दुवै मुलुकमा हुने आर्थिक विकासले ल्याउने सामाजिक परिवर्तन र त्यसको राजनीतिले विश्वकै अर्थतन्त्र र राजनीतिलाई प्रभावित गर्नेछ । तिनका प्रतिस्पर्धा र सहकार्यका राम्रा वा नराम्रा प्रभावहरू हामीमाथि पनि पर्नेछन् । त्यसबीचमा एउटा स्वतन्त्र राष्ट्रका रूपमा समृद्ध र समाजवादतर्फ अगाडि बढ्न हामीसँग असाधारण चुनौती र सम्भावना दुवै छन् र भइरहने छन्,” अध्यक्ष नेपालले भनेका छन् ।

अध्यक्ष नेपालको शब्दमा चीन अहिले अमेरिकी नेतृत्वको विश्व पुँजीवादी दुनियाँमाथि चुनौती खडा गरेको समाजवादी मुलुक हो । सम्पूर्ण पुँजीवादी दुनियाँ अहिले चीनको उदयलाई रोक्न आर्थिक, राजनीतिक, कूटनीतिक, सामरिक तथा जासुसी उपायहरू केन्द्रित गरिरहेको उनको ठम्याइ छ ।

सन् २०५० सम्म संसारको सबैभन्दा समृद्ध समाजवादको निर्माण गर्ने चीनको राष्ट्रिय सङ्कल्पले नेपाल विश्व विचारधारात्मक द्वन्द्वको वरिपरि रहने विश्वास उनले व्यक्त गरेका छन् । नेपाल चीनको तिब्बतसँग जोडिएको हुनाले पश्चिमाहरुले नेपाललाई अझ बढी प्रयोग गर्न खोज्ने उनले जनाए ।

“चीनको उदयका कारणले भारतसँग सम्बन्ध राम्रो बनाउने र चीनका विरुद्ध उकास्ने काम पश्चिमले गर्दै छ । त्यस्तै, पश्चिमसँग चीनको अन्तरविरोध चर्किदा भारत बढी सुरक्षित हुनेछ । दुवै एसियाली र प्राचीनतम सांस्कृतिक परम्परा भएका चीन र भारत कुनै दिन एक ठाउँमा उभिन सक्छन् भन्ने चिन्ताले पश्चिमको रणनीति प्रभावित भइरहने छ । आधुनिक भारत र चीनको जन्मदेखि नै पश्चिमले यस पक्षलाई ध्यान दिएको छ । तसर्थ, ती दुवै मुलुकमाथि निगरानी राख्नका लागि पश्चिमले नेपाललाई विभिन्न रूपमा प्रयोग गरिरहेको छ÷गरिरहने छ,” प्रतिवेदनमा भनिएको छ ।

आवतजावत, लेनदेन, भाषिक–सांस्कृतिक आदान–प्रदानका हिसाबले भारत र नेपालबीच घनिष्ठ सम्बन्ध रहेको उनले जनाएका छन् । तर, भारत स्वतन्त्र भएपछि पनि बेलायती नीतिमा कायम नै रहेको उनकोे ठहर छ । यस क्रममा नेपाली शासकहरू कहिले झुक्ने र कहिले प्रतिरोध गर्ने गरेको उनले बताए ।

“नेपालले आफ्नो स्वतन्त्रता तथा सार्वभौमिकताको रक्षा गर्दै आयो । भारतले उसका स्वार्थसँग हाम्रा शासक वा नेताहरू झुकेको इतिहास मात्रै नेपाल–भारत सम्बन्धको मुख्य प्रवृत्ति हो भन्ने स्थापित गर्न चाहन्छ र हामीलाई आफ्नो विशेष सम्बन्धको सीमाभित्र राख्न चाहन्छ । जबकि, अंग्रेजहरूले स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकको निर्माणका लागि गरेको योगदानलाई हामीले नेपाल–भारत सम्बन्धको मुख्य प्रवृत्ति ठान्छौं । इतिहासको यो समझदारी नै अन्तरविरोधपूर्ण छ, त्यसैले नेपाल भारतको सम्बन्ध पनि अन्तरविरोधपूर्ण छ । हामीले भविष्यमा पनि यो अन्तरविरोध व्यहोरिरहनु पर्नेछ, चुनौतीको सामना गरिरहनु पर्नेछ,” अध्यक्ष नेपालले प्रतिवेदनमा भनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement