site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
वर्षा राउत भन्छिन्– मलाई लामो रोल होइन, पावरफूल छाप छोड्ने सिन भए पुग्छ 

काठमाडौं । नायिका वर्षा राउतले अहिलेको समयमा सिनेमामा स्क्रिन टाइमले खासै अर्थ नराख्ने बताएकी छन् । स्क्रिन टाइमभन्दा पनि पावरफूल भूमिकाले विशेष महत्त्व राख्ने उनको भनाइ छ ।

“रोल कति लामोभन्दा पनि त्यो कति पावरफूल छ भन्ने कुराले अर्थ राख्छ । म रोल कति लामो छ भन्दा पनि मलाई अफर गरिएको रोल कति महत्त्वपूर्ण छ भनेर हेरिरहेको हुन्छु,” सिनेमा ऐंचो पैंचो’ निर्माण टोलीले आयोजना गरेको सञ्चारकर्मीसँगको भेटमा उनले भनिन्, “तपाईंहरूले याद गर्नुभएको छ भने देख्नुभएकै होला, मेरो क्यारेक्टरले सिंगो फिल्म चलाएको सिनेमा गरेको छैन ।”

आफूले दर्शकको दिमागमा प्रभाव पार्ने सिनेमा रोज्ने गरेको उनी बताउँछिन् । “सिन दुई मिनेटको होस् वा पाँच मिनेटको, मेरो उद्देश्य दर्शकको दिमागमा त्यसले छाप पारोस् भन्ने हुन्छ । त्यो क्यारेक्टरले दर्शकको दिमागमा छाप पार्छ भन्ने लाग्यो भने म त्यो सिनेमामा काम गर्छु,” वर्षा भन्छिन्, “यो सिनेमामा मेरो कस्तो भूमिका छ, त्यो त म भन्न चाहन्नँ, किनभने मेकरले खुलाउन चाहनुभएको छैन । राम्रो मेकर त्यो हो रे जसले आफ्नो कलाकारको रोल हलमा नआउँदासम्म लुकाउन सक्छ ।”

चलचित्र ‘ऐंचो पैंचो’लाई कृषा चौलागाईंले निर्देशन गरेकी छन् ।

अरू सिनेमामा भन्दा यसमा राम्रो काम गरेको प्रतिक्रिया आफूले मेकरबाट पाएको वर्षा सुनाउँछिन् ।

वर्षाले ‘ऐंचो पैंचो’मा आफ्नो सिन छोटो रहेको भनेर मेकरसँग असन्तुष्टि जनाएको भन्दै चलाइएको हल्लामा सत्यता नरहेको बताइन् । आफ्नो रोल काटिएकाले वर्षाले निर्देशकसँग असन्तुष्टि जनाएको भन्दै भ्रम फैलाउने काम गरिएको उनको भनाइ छ ।

“रोल छोटो भयो भन्ने असन्तुष्टि भएको भए म सुरुमै साइन गर्दिनँ थिएँ । एडिटिङमा काटेर छोटा बनाएको भनेर चित्त नबुझेको भए पनि निर्देशकसँगै भन्ने थिएँ,” वर्षा भन्छिन्, “अरूसँग भन्नुपर्ने कारण नै छैन । म सिनेमाको हरेक कार्यक्रममा अन्य कलाकार र निर्देशकसँग हिँडेको छु । चित्त नबुझेको भए यसरी हिँड्ने नै थिइनँ ।”

प्लेन डिले भएका कारण सिनेमाको एउटा कार्यक्रममा आफू पुग्न नसकेको उनले प्रस्ट पारिन् । “एउटा कार्यक्रममा म आउन नसकेको हो, सायद अरू कलाकार आउँदा म किन आइनँ भनेर अनुमानका भरमा यो कुरा आएको हुनसक्छ,” उनले भनिन् ।

वर्षासँगै स्वस्तिमा खड्का, कोसिस क्षेत्री, मुकुन भुसाललगायत कलाकार मुख्य भूमिकामा रहेको सिनेमा ‘ऐंचो पैंचो’ यही भदौ १४ गते रिलिज गरिँदै छ ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro