site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
मेकरलाई ‘स्टारपावर’को लोभ हुन्छ

राजनीतिसँगै पारिवारिक–सामाजिक विषयमा केन्द्रित रहेको छ, चलचित्र ‘ऐंचो पैंचो’ । निर्देशक कृषा चौलागाईंले सिनेमामा राजनीति एउटा लेयरमात्रै भएको तर मुख्य विषय अरु नै भएको बताएकी छन् । स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, सुशील सिटौला, कोसिस क्षेत्री, राजाराम पौडेल, रमेश बुढाथोकीलगायत कलाकार मुख्य भूमिकामा छन् । दर्शकले रुचाएका कलाकार सिनेमा छन् । मेकरले स्टारवारको लोभ गरेको हो, राजनीतिक विषय समेटिएको चलचित्र दर्शकको रोजाइमा पर्छ, सिनेमाको व्यापारमा पब्लिसिटी डिजाइनको भूमिका कति हुन्छ भनेर निर्देशक कृषासँग बाह्रखरीले गरेको छोटो कुराकानी : 

ऐंचो पैैंचो राजनीतिक विषयमा केन्द्रित सिनेमा हो ?
राजनीतिक विषयमा मात्रै केन्द्रित सिनेमा होइन । सिनेमाभित्रका विभिन्न लेयरमध्ये एउटा लेयर मात्रै हो राजनीति । पारिवारिक–सामाजिक कथा हो । राजनीतिक कुराहरू भन्दै गर्दा यो पूरै सिनेमालाई नै छायामा पार्दै छौँ कि भन्ने लागिरहेको छ । यसमा दिदी–बहिनीको कथा छ । साथीको कथा छ । बाउ र छोरामा हुने भिन्न प्रकारको सम्बन्ध छ । समसामयिक कथा छ । सबैलाई आकर्षण गर्ने विषयमा सिनेमा बनेको छ । 

समाजमा बसेपछि कोही पनि राजनीतिबाट भाग्न सक्तैन । हरेक व्यक्तिसँग राजनीति जोडिएको हुन्छ । यसको एउटा लेयर हाम्रो चलचित्रमा छ । 

Dabur Nepal
NIC Asia

थोरै होस् वा धेरै राजनीतिक विषय समावेश गरिसकेपछि त्यसका लागि ठूलो क्यानभास चाहिन्छ नि ? 
कुनै पनि विषय समावेश गरिसकेपछि त्यसका लागि मानसिक रूपमा पनि तयार हुनुपर्छ । विषयलाई न्याय गर्ने प्रोडक्सन हुनै पर्छ । आर्थिक, मानसिक र प्रोडक्सन डिजाइनका हिसावले पहिला नै तयार हुनुपर्छ । हामीले जति गरेका छौँ, मेरो विचारमा दर्शकले चित्त बुझाउने नै छ । यो भन्दा ठूलो क्यानभासमा काम गर्ने रहर पक्कै पनि छ । अहिले हामीले जति काम गरेका छौँ, हाम्रो बजेट अनुसार राम्रै काम गरेका छौँ । 

पछिल्लो समय सिनेमा त्यति धेरै चलिरहेका छैनन्, पब्लिसिटीको अभाव त होइन ? पब्लिसिटी डिजाइन केही फरक तरिकाले गर्न सकिँदैन ? 
सिनेमाका लागि पब्लिसिटी निकै महत्वपूर्ण कुरा हो । तर, मैले पछिल्लो समय अनुभूत गरेको कुरा के हो भने अन्ततः सिनेमा नै राम्रो हुनुपर्छ । आफूलाई मन परेको जानराको सिनेमा मात्रै हेर्ने दर्शकको संख्या पनि बढिरहेको छ । 

नराम्रो सिनेमा बनाउने कसैको रहर हुँदैन । दर्शकको रोजाई अनुसारको सिनेमा नै बनाउँ भन्ने चाहना सबैमा हुन्छ । आम दर्शक र मेकरको रोजाई कुनै समय एउटै हुन्छ । त्यो समय सिनेमा सफल हुने हो । 

‘ऐंचो पैंचो’लाई विषयप्रधान सिनेमा भन्न मिल्छ ?
विषय उठान नगर्ने त सिनेमा नै हुँदैनन् । तर, पक्कै पनि पछिल्लो समय अब्स्ट्रयाक मुभीलाई विषयप्रधान सिनेमा भन्ने गरिएको छ । ऐंचो पैंचो कमर्सियल कन्टेन्ट बोकेको सिनेमा हो । 

चल्तीका कलाकार लिनु भएको छ । स्टारपावरको लोभ हो ?
समाजमा धेरै मान्छे बस्छन् । धेरै मान्छेलाई सिनेमा रिलेट गराउनुपर्छ । यो समाजका तपाईं, म र ऊ सबैलाई सिनेमामा देखाउनु पर्छ । लभस्टोरी सिनेमामा केटा र केटी मुख्य भूमिकामा हुन्छन् । अरु धेरै पात्र नै चाहिँदैन । तर, सामाजिक विषयवस्तु उठान गर्दा धेरै कलाकार चाहिन्छ । त्यसैले पनि हाम्रो सिनेमामा धेरै कलाकार जोडिनु भयो । 

दशर्कले रुचाएको कलाकार राखेर सिनेमा चलाउने लोभ मेकरमा हुन्छ र स्वाभाविक पनि हो । होइन भने जो कसैलाई डेब्यु गराएर काम गर्दा पनि हुन्थ्यो । चलेको कलाकारलाई लिँदा उहाँहरूको समयअनुसार काम गर्नुपर्छ । उहाँहरूको निश्चित पारिश्रमिकको कुरा आउँछ, त्यसलाई फलो गर्नुपर्छ । सिनेमा चल्नलाई दर्शकले मन पराएको कलाकार पनि हुनुपर्छ । तर, यसो भन्दैमा कलाकारमात्रै राखेर कन्टेन्ट र मेकिङमा ध्यान नदिएको भने होइन । 

राजनीतिदेखि समाज दिक्क भइसकेको छ । त्यही राजनीति सिनेमामा पनि हेर्न हलसम्म किन जाने भन्ने मनस्थितिमा दर्शक रहेको पाइन्छ । कतै दर्शकले त्यही मनस्थिति पो बनाइरहेका छन् कि ?
राजनीतिदेखि कोही पनि भाग्नै सक्तैन । राजनीति मात्रै सिनेमामा छैन । राजीतिसँगै अपडेटेड पक्ष पनि चलचित्रमा छ । हाम्रो समाजमा अहिले केही मेयर हुनुहुन्छ जो पार्टीबाट जितेर आउनु भएको होइन । तर, के उहाँहरू राजनीतिसँग जोडिनु भएको छैन र ? उहाँहरूले राष्ट्रियतालाई बढाइरहनु भएको छ । युवापुस्ताको मन जित्नु भएको छ । चाहेर होस् वा नचाहेर यसबाट टाढा कोही जान सक्दैन ।  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro