site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कीर्तिपुर भेट्रान्स ओपन फुटसल भदौ २३ गते हुने 

काठमाडौं । कीर्तिपुर भेट्रान्स ओपन फुटसल प्रतियोगिता यही भदौ २३ गते हुने भएको छ । 

कीर्तिपुर भेट्रान्स क्लबको आयोजनामा हुने प्रतियोगिता एकदिने प्रतियोगिता कीर्तिपुरस्थित एसएस कृनगर फुटसलमा सञ्चालन हुनेछ । प्रतियोगिता उक्त दिन बिहान ७ बजेदेखि सुरु हुनेछ । 

प्रतियोगिताका लागि टिम दर्ता गर्न पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ । प्रतियोगिताका लागि दर्ता हुने सबै टिमले प्रतिस्पर्धा गर्न पाउनेछन् । प्रतियोगितामा टिम दर्ताका लागि भदौ १२ गतेसम्मको समय उपलब्ध गराइएको छ । 

प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान दुई हजार ५०० रुपैयाँ पुरस्कार पाउनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro