site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घरजग्गाको कारोबार घट्यो, राजस्व संकलन करिब डेढ अर्बले कमी
फाइल तस्बिर ।

काठमाडौं । साउनमा घरजग्गाको कारोबार घटेको छ । असारको तुलनामा साउनमा कारोबार घटेको हो ।

घरजग्गा कारोबारका लागि साउन र भदौलाई ‘अफ सिजन’का रूपमा लिइन्छ । सोही कारण घरजग्गा कारोबारमा कमी आएको व्यवसायी बुझाइ छ ।

कात्तिकदेखि घरजग्गाको कारोबार बढ्ने नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनी बताउँछन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०८०/०८१ को साउनमा कुल ३९ हजार २६३ लिखत पास भएको छ । असारमा ४४ हजार ४८५ लिखत पास भएको थियो ।

कारोबार कम हुँदा साउनमा राजस्व संकलनमा पनि गिरावट आएको छ । असारको तुलनामा साउनमा एक अर्ब ३६ करोड ३८ लाख ४२ हजार ३२ रुपैयाँ कम राजस्व संकलन भएको छ ।

विभागको तथ्यांकानुसार साउनमा दुई अर्ब ९१ करोड चार लाख २७ हजार १९६ रुपैयाँ राजस्व संकलन भएको छ । असारमा चार अर्ब २७ करोड ४२ लाख ६९ हजार २२८ रुपैयाँ राजस्व संकलन थियो ।

गएको जेठमा ५४ हजार ५११ घरजग्गा लिखत पास भएको थियो । उक्त महिनामा तीन अर्ब ७५ करोड ६० लाख एक हजार ७९४ रुपैयाँ राजस्व संकलन भएको थियो । 

उपत्यका पनि घट्यो कारोबार
काठमाडौं उपत्यका पनि घरजग्गाको कारोबार घटेको छ । उपत्यकामा साउनमा तीन हजार ४१२ घरजग्गा लिखत पास हुँदा सात करोड चार लाख ४८ हजार ६६० रुपैयाँ राजस्व संकलन भएको छ । असारमा पाँच हजार ३० घरजग्गा लिखत पास हुँदा १२ करोड नौ लाख पाँच हजार २४६ रुपैयाँ राजस्व संकलन भएको थियो  ।

अफ सिजनका कारण घरजग्गा कारोबारमा कमी आएको अध्यक्ष लोहनीले बताए । “घरजग्गा कारोबारमा कमी आउनुको कारण अफ सिजन हो । साउन र भदौ महिनालाई अफ सिजन मानिन्छ,” लोहनीले बाह्रखरीसँग भने, “कात्तिकदेखि घरजग्गा कारोबार सुरु हुन्छ ।”

सरकारले घरजग्गा कारोबारलाई चलायमान बनाउनका लागि साउन ३० गते कित्ताकाट, नामसारी सबै फुकाउने गरी ‘भूउपयोग नियमावली’ पारित गरेको थियो ।

त्यससँगै घरजग्गाको कारोबार बढ्ने विश्वास लिइएको छ । अर्थतन्त्र चलायमान बनाउन पनि थप सहयोग गर्ने अध्यक्ष लोहनीको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro