site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिनर्जी पावरको हकप्रदमा आवेदन खुला

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आज (भदौ ३ गते)देखि हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीका लगानीकर्ताले हाल कायम दुई कित्ता सेयरबराबर नयाँ एक कित्ता सेयरमा आवेदन दिन सक्नेछन् । हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले गएको साउन १२ गते बुकक्लोज गरेको थियो ।

Dabur Nepal
NIC Asia

साउन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा भदौ २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सानिमा क्यापिटल तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी आस्वा प्रणालीमार्फत र सीडीएस एन्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर मेरोसेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी एक अर्ब २० करोड ९८ लाख ६२ हजार ५०० रुपैयाँ पुग्नेछ ।

हकप्रद निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्युअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ११:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro