site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एन्ज पोस्टकोग्लोउको प्रशिक्षणमा टोटनहमको पहिलो जित

काठमाडौं । एन्ज पोस्टकोग्लोउको प्रशिक्षणमा टोटनहमले शनिबार इंग्लिस प्रिमियर लिगमा पहिलो जित निकालेको छ ।

टोटनहमले घरेलु मैदान टोटनहम हटस्पर रंगशालामा सम्पन्न खेलमा एरिक टेन हागको टिम म्यानचेस्टर युनाइटेडविरुद्ध २–० को जित निकाल्यो । घरेलु मैदानमा टोटनहमलाई जित दिलाउन पेप माटार सारले एक गोल गर्दा अर्को गोल भने युनाइटेडका रक्षक लिसान्ड्रो मार्टिनेजबाट आत्मघाति उपहार पाएको थियो ।

टोटनहमले दुबै गोल दोस्रो हाफ गरेको थियो । ४९औं मिनेटमा सारले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । यस्तै, खेल सकिन सात मिनेट बाँकी रहँदा मार्टिनेजबाट आत्मघाति गोल भएपछि टोटनहमले लिगमा पहिलो जित निश्चित गर्यो ।

जितसँगै दुई खेलबाट चार अंक जोडेको टोटनहम तालिकाको पाँचौ स्थानमा छ । समान खेलबाट तीन अंक जोडेको युनाइटेड तालिकाको १०औं स्थानमा छ ।

शनिबार नै भएका अन्य खेलमा साविक विजेता म्यानचेस्टर सिटीले न्युक्यासल सिटीविरुद्ध १–० र लिभरपुलले बर्नमाउथविरुद्ध ३–१ को जित निकाल्यो ।

घरेलु मैदान इत्तिहाद रंगशालामा सिटीको जितमा अर्जेन्टिनी फरवार्ड युलियन आल्भारेजले निर्णायक गोल गरे । लगातार दोस्रो जित निकालेको सिटी तालिकाको दोस्रो स्थानमा छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ०९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro