site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम
फाइल तस्बिर

काठमाडौं । केही नदी तथा खोलामा आज बाढीको जोखिम रहेको छ । विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो । 

इलाम, झापा, ताप्लेजुङ, पाँचथर, ओखलढुंगा, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, प्युठान, दाङ र आसपास भएर बहने नदी तथा खोलामा बहाव बढ्नसक्ने पूर्वनुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान रहेको छ । 

सोमबार (भोलि) देखि कर्णाली, महाकाली, बबई, राप्ती, कन्काई र नारायणीका केही सहायक नदीहरूमा  जलसतह उल्लेख्य बढ्नसक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ । 


 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ०८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro