site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
९३ वर्षीया सुवेदी सम्मानित 

काठमाडौं । वयोवृद्ध नियात्राकार नन्दकला सुवेदीलाई ‘हरिप्रिया–हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार एवम् सम्मान–२०७९’ समर्पण गरिएको छ । 

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा ९३ वर्षिया सुवेदीद्वारा लिखित नियात्राकृति ‘अठासी वर्षमा कैलाश मानसरोवर’का लागि उनलाई सम्मानित गरिएको हो । स्वास्थ्यका कारण कार्यक्रममा अनुपस्थित सुवेदीको पुरस्कार उनका परिवारजनले ग्रहण गरेका थिए ।

चालीस वर्षको उमेरमा अक्षर चिनेर प्रौढ शिक्षिका तथा सामाजिक अभियन्ता बनेकी सुर्खेतकी सुवेदीले केही वर्षअघि कैलाश मानसरोवर यात्रा गरेकी थिइन् ।  

कार्यक्रममा ‘अठासी वर्षमा कैलाश मानसरोवर’ पुस्तकमाथि चर्चा गरियो । सोअवसरमा वक्ताहरूले जेष्ठ नागरिकको यो कृति, उनी स्वयम् र उनको यो यात्रा हरेकका लागि प्रेरणादायी भएको बताए । 

साहित्य सन्ध्याद्वारा आयोजित उक्त कार्यक्रममा साहित्यकार उमेश उपाध्यायलाई २०७९ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’, साहित्यकार खेमराज निरौलालाई २०७९ सालको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’, वरिष्ठ स्नायु रोग विशेषज्ञ डा. वसन्त पन्तलाई २०७९ सालको ‘साहित्य सन्ध्या–कृबा’ पुरस्कार तथा सम्मान र अर्घाखाँचीकी विद्यार्थी गोमा कामीलाई २०७९ सालको ’साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’ समर्पण गरिएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ०८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro