site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल–भारतबीचको सम्बन्ध कसैले पनि बिगार्न सक्दैन : ओली
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको मित्रतापूर्ण सम्बन्ध कसैले पनि बिगार्न नसक्ने बताएका छन् ।

दुई मुलुकबीचको सम्बन्ध कहिलेकाहीँ केही कारणले सानातिना दरार भएपनि सम्बन्धलाई स्थायी रूपमा सधैँका लागि कसैले पनि बिगार्न नसक्ने अध्यक्ष ओलीको बुझाइ थियो ।

KFC Island Ad
NIC Asia

नेपाल–भारतमैत्री समाजले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई मुलुकबीचको सम्बन्धलाई खटपट हुन दिनु वाञ्छनीय नहुने पनि स्पष्ट पारे । अध्यक्ष ओलीले दुई मुलुकबीच देखिएका विद्यमान समस्या खुलस्त कुराकानी गरेर समाधान गर्नुपर्ने पनि दोहोर्‍याए ।

उनले दुई मुलुकबीच सँगसँगै हिँड्नुको विकल्प नरहेको स्मरण गराउँदै केही समस्याहरू भए समाधान गर्दै अघि बढ्नुपर्ने बताए । अध्यक्ष ओलीले न्याय र अन्तराष्ट्रिय उत्तरदायित्वलाई केन्द्रमा राखेर दुई मुलुकले आफ्नो सम्बन्धलाई अगाडि बढाउनुपर्ने बताए ।

Royal Enfield Island Ad

उनले भने, "मैले धेरै ठाउँ भन्ने गरेको छु–राष्ट्रियहित हरेक देशले सोच्छ । राष्ट्रियहित सोच्दाखेरी न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्व, राष्ट्रियहितको पक्षपोषण गरिरहँदा, कुराकानी गरिरहँदाखेरी जष्टिस र इन्टरनेसनल अब्लिगेसन दुई वटा कुरालाई सँगसँगै राखिएन भने त्यो अन्धराष्ट्रवाद हुन्छ । आफ्नो हित गर्ने, अरुको हित जेसुकै होस् । आफ्नो हीत गर्ने, न्याय जहाँसुकै परोस् । त्यस्तो होइन । हामी सदैव न्यायको पक्षमा छौँ । हामी सदैव समानताको पक्षमा छौँ । पारस्पारिक लाभ र सम्मानको पक्षमा छौँ । र, सम्बन्धलाई साँच्चैको मित्रताको रूपमा अगाडि बढाउन चाहन्छौँ ।"

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro