site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ब्रेकमा समस्या आएपछि 'रन-वे'मा रोकियो एयर इन्डियाको जहाज
फाइल तस्बिर।

काठमाडौं । एयर इन्डिया*को जहाजको ब्रेकमा समस्या आएको छ । उडानका लागि तयार रहेको जहाजको ब्रेकमा समस्या आएको हो ।

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको लागि जहाज ‘ट्याक्सी वे’बाट ‘रनवे’मा प्रवेश गर्दै थियो । सोही क्रममा जहाजको ब्रेकमा समस्या देखिएको थियो ।

उडान नम्बर २१६ रहेको जहाजको काठमाडौं–दिल्लीको उडान थियो । उडान समय ४ बजेर १० मिनेटको थियो ।

जहाज उडानको लागि तयार भएर रनवेमा प्रवेश गर्नासाथ ब्रेकमा समस्या आयो । त्यसपछि जहाजलाई रनवेबाट नै पार्किङस्थलमा ल्याइएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

जहाज टयाक्सी वेबाट रनवे प्रवेश गर्नको लागि घुम्ने क्रममा थियो । त्यसबेला ब्रेकमा समस्या आएपछि जहाजलाई ट्याक्टरले तानेर पार्किङमा ल्याइएको हो । उक्त जहाजमा १७९ जना यात्रु थिए ।

जहाज रन वेमा हुँदासम्म अन्य उडान समेत अवरुद्ध भएको छ । रनवेमै जहाजमा समस्या आएपछि अन्य उडान तथा अवतरण प्रभावित बनेको विमानस्थल व्यवस्थापनले जनाएको छ ।

*सच्याइएको ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro