site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेमा कुन प्रदेश अधिवेशन कहिले ? यस्ता छन् सचिवालय बैठकका निर्णय
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिपक्षी नेकपा (एमाले)ले असोज मसान्तभित्र प्रदेशको अधिवेशन सक्ने भएको छ ।

आज पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले अधिवेशनको मिति हेरफेर गरेको हो । यसअघि एमालेले भदौ मसान्तभित्र प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो ।

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार लुम्बिनी प्रदेश अधिवेशन भदौ १६ र १७ गते हुनेछ । मधेस प्रदेशको असोज ५ र ६ गते, वाग्मती प्रदेशको असोज ८ र ९ गते हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

असोज १० र ११ गते कर्णाली, असोज १२ र १३ गते कोसी तथा असोज १५ र १६ गते गण्डकी प्रदेशको अधिवेशन हुनेछ । असोज १९ र २० गते उपत्यका विशेष, असोज २१ र २२ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन हुने ज्ञवालीले जानकारी दिए ।

४० वर्ष मुनिका युवालाई प्रतिनिधि बनाइने

Global Ime bank

प्रदेश अधिवेशनका लागि पालिकाले प्रतिनिधि चयन गर्ने ज्ञवालीले जानकारी दिए । उनले ४० वर्ष मुनिका युवालाई प्रतिनिधि बनाउने कुरा ध्यान दिने निर्णय गरेको जानकारी दिए ।

वडा र टोलमा ४० वर्ष मुनिका न्यूनतम एक तिहाइ युवाहरू अनिवार्य रूपमा सम्मिलित गर्नुपर्नेछ । पालिकामा न्यूनतम २० प्रतिशत, जिल्लामा १५ र प्रदेशमा १० प्रतिशत गरेर युवाहरूको समावेशिता तलैबाट विस्तार गर्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिए ।

त्यस्तै, एमालेले केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्य मनोनयन गरेको छ । बैठकले शंकरभक्त जोशी र सूर्य शर्मालाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएको छ ।

एमालेले संगठन विभागको सचिवको जिम्मेवारी केन्द्रीय सदस्य माधव ढुंगेललाई दिएको छ । साउन २७ गते राष्टिय युवा संघ नेपालको कञ्चनपुर जिल्ला अधिवेशनमा भएको झडपको छानबिन गर्न पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा भानुभक्त ढकाल र ज्वालाकुमारी शाह सदस्य छन् ।

uml11692012390.jpg

uml21692012390.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय