site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको तनहुँखण्ड सञ्चालनमा
मुग्लिन–नारायणगढ सडकको दृश्य । फाइल तस्बिर ।

तनहुँ । पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६, मौरीबजारखण्ड सञ्चालनमा आएको छ ।

मौरीबजारस्थित सडकमा माथिबाट खसेको पहिरोका कारण आज बिहान ७ बजेदेखि बाटो दुईतर्फी अवरुद्ध भएको थियो । पहिरो हटाएर राजमार्ग पुनः सञ्चालन गराइएको हो ।

स्थानीय पालिका, प्रहरी जनशक्ति र चिनियाँ कम्पनीसँगको समन्वयमा दुई डोजरको सहायताले पहिरो हटाएर बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको तनहुँखण्डमा पहिरोको जोखिम बढेको छ । राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको कामका कारण विभिन्न ठाउँमा पहिरोको जोखिम बढेको छ । सडकछेउका भित्ता काट्ने काम गरिएकाले वर्षासँगै पहिरो झर्ने गरेको छ ।

शनिबार र आइतबार तनहुँखण्डका दुई ठाउँमा पहिरो गएको थियो । शनिबार साँझ आँबुखैरेनी गाउँपालिका–४, ऐना पहरानजिकै ठूला ढुंगा खसेर सुक्खा पहिरो जाँदा केही समय राजमार्ग अवरुद्ध भएको थियो । राति नै ढुंगा पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको थियो । आइतबार दिउँसो मात्र राजमार्ग दुईतर्फी भएको थियो ।

आइतबार बन्दीपुर गाउँपालिका–१, बेलभञ्ज्याङमा पहिरो जाँदा अवरुद्ध सडक डेढ घण्टापछि सञ्चालनमा आएको थियो । पहिरो खसेर सडकमै लेदो जमेपछि सडक विभागसँग समन्वय गरी बाटो खुलाइएको थियो ।

वर्षासँगै पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरो जान थालेको छ । शुक्रबार मात्र कन्टारमा सडक भासिएर चार घण्टा राजमार्ग अवरुद्ध भएको थियो । त्यसअघि, गएको मंगलबार व्यास नगरपालिका–१२ स्थित देउरालीमा सडक भासिँदा दिनभर यातयात अवरुद्ध भएको थियो । रासस

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro